अपडेट: भलिबल फाईनलमा जुम्ला र हेटाैडा भिड्दै,अन्य खेलकाे नतिजा के छ ?

जुम्ला। जुम्लामा जारी अन्तर मेडिकल कलेज स्तरीय खेलकूद प्रतियाेगिता अन्तर्गत विभिन्न खेल भई रहेका छन् । भदाै २१ गते सम्पन्न हुने प्रतियाेगिताकाे भलिबल खेलमा फाईनल खेल्ने टिमकाे टुंगाे लागेकाे छ ।

प्रतियाेगितामा सहभागी ६ मेडिकल कलेज मध्यबाट भलिवलकाे फाईनलमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौंडा भिड्ने भएका छन् । यी दुई टिम बीचकाे फाईनल खेल भाेली हुने छ ।

त्यस्तै भलिबल तेस्रो स्थानको लागि पुगेका टिम किष्ट मिडिकल कलेज ललितपुर र राजर्षि जनक विश्विविद्यालय जनकपुरधाम धनुषा जनकपुर खेल्ने छन् ।

फूटबल तर्फ फाईनलमा पुग्ने टिम टुग्गीएकाे छैन् । यदपी, सेमिफाइनमा भने कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र किष्ट मेडिकल कलेज ललितपुर पुगेका छन् । याे खेलबाट विजेता टाेली फुटबलकाे फाईनलमा जाने छ ।

त्यसैगरी फुटबलकाे अर्काे सेमिफाईनल खेल महाराजगन्ज मेडिकल कलेज महाराजगन्ज काठ्मान्डु र मदन भण्डारी स्वास्थ बिज्ञान प्रतिष्ठान हेटौंडाबीच हुने छ ।

किक्रेटकाे सेमिफाइनलमा अहिले सम्म कलेज दुई टिम मध्य कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र किष्ट मेडिकल कलेज ललितपुर पुगेका छन् ।

बाकी दुई कलेज कुन आउछन भन्ने समचार तयार पार्दासम्म जारी खेल निर्णायक हुनेछ। जसमा ग्रुप ए टिम बाट तिनवटा कलेज रहेका छन ।

मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौंडा, राजर्षि जनक विश्विविद्यालय जनकपुरधाम धनुषा जनकपुर र मधेस स्वास्थ्य बिज्ञान प्रतिष्ठान जनकपुरधाम जनकपुर रहेका छन।जस मध्य दुईवटा कलेज सेमिफाइनलमा आउनेछन।

आजै सेमिफाइनलका खेलहरु खेलाइने आयाेजककाे तयारी छ ।

प्रकाशित मिति : २०८१ भाद्र २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस