जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा ५८ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस भव्य रूपमा मनाइएको छ । जिल्लाका आठ पालिका मध्य तातोपानीले विद्यार्थीको सिकाई बृद्धि तथा अतिरिक्त क्षामता अभिबृद्धिको लक्ष्य सहित विभिन्न कार्यक्रम गरी मनाएको हो ।
दिवसका अबसरमा उत्कृष्ट शिक्षकदेखी विद्यालय लाई पुरस्कृत समेत गरिएको छ । दिवसको अवसरमा गाउँपालिकाका पाँच जना शिक्षकलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा हिम शिखर माविका बद्री नगरकोटी,पैकेला आधारभुत विद्यालयकी भगवती रावल,गणेश मावि राँकाकी सुमित्रा सिंह शाही,कालिका मावि टोप्लाका लोकबहादुर शाही र दुर्गा मावि लाम्राका कमल बहादुर न्यौपाने रहेका छन् ।

यस्तै गाउँपालिकाभित्रका आधारभुत र माध्यमिक विद्यालयहरू मध्ये एक÷एक विद्यालयलाई सम्मान गरिएको छ । सम्मान हुनेमा आधारभुत तर्फ कालिका आधारभुत विद्यालय हियाँखोला र दुर्गा मावि मधु रहेका छन् । भने दिवसका अबसरमा अन्तर विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो ।
‘जलवायु परिवर्तन,स्थानीय कृषि उत्पादन र दिवा खाजा’ विषयक वक्तृत्वकला प्रतियोगितामा दुर्गा मावि लाम्राकि अनुराधा चौलागाईँ प्रथम,नेत्रज्योति मावि हाँकुकी गिता बुढा द्वितीय, गणेश मावि राँकाकी रमिला कामी तृतीय, कालिका मावि टोप्लाका सुरत बहादुर शाही सान्त्वना भएका थिए । उनीहरूलाई प्रमाणपत्र र नगद्सहित पुरस्कृत गरिएको थियो ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईँले शिक्षामा नयाँ आयाम ल्याउन खोजेको भन्दै सम्पूर्णले सहयोग गर्न आग्रह गरे ।ञ दिवस भव्य रूपमा सम्पन्न भयो । उत्कृष्ट शिक्षक र विद्यालय सम्मानित भएका छन् । राम्रालाई गाउँपालिकाले प्रोत्साहन गर्दै जानेछ,झअध्यक्ष चौलागाईले भने ।
तातोपानी गाउँपालिकाकि उपाध्यक्ष रेवती रावलले गाउँपालिकाले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकता दिइएको बताइन् । उनले दिवसको अवसरमा उत्कृष्ट विद्यालय र शिक्षकलाई सम्मान गरिएको बताइन् ।तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले गाउँपालिकाले शिक्षा क्षेत्रको विकासमा लगानी गरिरहेको बताए । उनका अनुसार अहिलेको शिक्षा प्रतिष्पर्धी भएकोले सोही अनुसार पठनपाठन गर्न आवश्यक छ ।



