जुम्ला – चन्दननाथ नगरपालिका नगरस्तरीय विपद् स्वयम् सेवक व्यूरो गठन गरिएको छ । १० वटै वडाबाट प्रतिनिधित्व हुने गरी ४० सदस्यीय स्वयम् सेवक व्यूरो गठन गरिएको हो ।
चन्दननाथ नगरपालिका र नेपाल रेडक्रस सोसाईटी शाखा जुम्लाको समन्वयमा नगरस्तीय विपद् स्वयम् सेवक व्यूरो गठन गरिएको हो । नगर स्वयम् सेवक व्यूरो अन्र्तगत ६ वटा कार्यदल गठन गरिएको चन्दननाथ नगरपालिका विपद् शाखाका प्रमुख लक्ष्मीचन्द्र न्यौपानेले बताए । उनले भने, क्षति आपतकालिन तथा आवश्यकता पहिचान कार्यदल, राहत व्यवस्थापन तथा पुनस्थापना कार्यदल, प्रथामिक उपचार, स्वास्थ्य तथा सरसफाई कार्यदल र खोज तथा उद्दार कार्यदल गठन गरिएको छ ।
यस्तै पुर्व सूचना प्रणाली कार्यदल गठन र लैगिंक समनता तथा संरक्षण कार्यदल गठन गरिएको चन्दननाथ नगरपालिका जुम्लाले जनाएको छ । विपद् स्वयम् सेवकलाई झोला र ज्याकेट वितरण गरिएको छ ।

विपद् जोखिम न्यूनिकरण सम्वन्धी ऐन नियम तथा कार्यविधि र मापदण्ड योजना बनाएको छ । सोही बमोजिम नेपाल रेडक्रस सोसाईटी शाखा जुम्लासँगको सहकार्यमा विपद् स्वयम् सेवक व्यूरो गठन गरिएको उपमयेर रामदेवि खड्काले बताइन् । उनले भनिन् स्वयम् सेवकलाई क्षमता अभिबृद्धि गरी परिचालन गर्ने छौँ । स्वयम् सेवकले पनि आफ्नो कतव्र्य, भुमिका र जिम्मेवारीमा रहेर काम गर्न अपिल गर्दछौँ ।
समय निकै महत्वपूर्ण हुने रोडक्रम सोसाईटी शाखा जुम्लाका सभापति लोकदर्शन श्रेष्ठले बताए । उनले भने, विपद् घटना भएको खण्डमा त्यो ठाउँमा समयमै पुग्नु पर्दछ । जतिसक्दो समयमा घटना स्थल पुग्न सक्यो त्यति नै समयमा सुरक्षित रुपमा उद्दार गर्न सकिन्छ । स्वयम् सेवकले पनि आफ्नो कतव्र्य र जिम्मेवारी अनुसार खटिनु पर्दछ ।
रेडक्रश शाखा जुम्लाले शहरी पूर्वतयारी तथा आपत्कालिन प्रतिकार्य प्रवद्र्धन परियोजना सञ्चालन गर्दै आएको छ । नगरपालिकाको सहकार्यमा स्वयम् सेवकलाई कार्ययोजना बनाएर क्षमता अभिबृद्धि गरिने सभापति श्रेष्ठले बताए ।



