यश वर्षकाे स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार मानदत्त रावललाई

जुम्ला । यश वर्षकाे स्व.दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार पत्रकार मानदत्त रावललाई प्रदान गरिने भएकाे छ । जुम्लामा डेढ दशकदेखि क्रियाशील पत्रकारिता गरिरहेका रावललाई `स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार-२०८१’ पत्रकार रावललाई प्रदान गरिने भएकाे हाे ।

प्रतिष्ठानका सल्लाहकार महेश नेपालीकाे अध्यक्षतामा विहिवार बसेकाे बैठकले पत्रकारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेकाे प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माले बताए । उनका अनुसार स्व. दीपबहादुर स्मृति प्रतिष्ठान,जुम्लाले जुम्ला र बाँकेमा प्रदान गर्दै आएकाे पुरस्कारकाे लागि पत्रकार रावललाई प्रदान गरिने भएकाे हाे ।

अध्यक्ष विश्वकर्माद्दारा जारी विज्ञप्तीमा १० हजार नगद राशीकाे पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिने उल्लेख छ ।
विज्ञप्तीमा भनिएकाे छ,’ रावल अनौपचारिक सेवा केन्द्र ईन्सेक र नयाँ पत्रिका दैनिकमा कार्यरत छन् । १४ वषर्षदेखि पत्रकारितामा क्रियाशील रावल जुम्लाबाट दैनिक प्रकाशनमा रहेका हुने कर्णाली पाेष्ट दैनिकका सञ्चालक र सम्पादक हुन् । १० हजार राशी भएको पुरस्कारको तेस्रो संस्करणमा छनोट भएकाे छ । ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार’ हरेक वर्ष जुम्ला र बाँकेबाट क्रियाशील पत्रकारिता गर्दै आएका पत्रकारलाई प्रदान गरिदैँ छ ।’

प्रतिष्ठानका अध्यक्ष विश्वकर्माले पुरस्कारको स्थापनाले कर्णाली लगायत विकास विकट भूगोलबाट समाचार लेखनमा सक्रिय पत्रकारलाई उत्साहित गनर्ने उद्देश्य रहेकाे उल्लेख गरे ।
पुरस्कारबाट यसअघि जुम्लामा सागर परियार,विजय रावत र बाँकेमा अनिता विश्वकर्मा र कल्पना शाही पुरस्कृत भएका छन् । पुरस्कार २०८१ असोज १९ गते एक समारोह बीच वितरण गरिने अध्यक्ष विश्वकर्माकाे भनाइ छ ।

प्रकाशित मिति : २०८१ असोज १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस