जुम्लामा माेटरसाईकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु

जुम्ला । तातोपानी गाउँपालिका – ७ सर्मीगाउँका ३१ वर्षीय हेमराज कुवँरकाे माेटरसाईकल दुर्घटनामा परी मृत्यु भएकाे छ । उपचारकाे क्रममा अस्पतालमा उनकाे निधन भएकाे हाे ।

तिला गाउँपालिका – ३ त्रिबेणीबाट सर्मीगाउँ तर्फ जाँदै गरेको १ प १६०५ नम्बरको मोटरसाईकल तिला गाउँपालिका – ४ रावतवाडामा दुर्घटनामा परी मृत्यु भएकाे हाे ।

सडकबाट माेटरसाईकल १६० मिटर तल भेरी खोलाको छेउमा खसेर दुर्घटना भएकाे डिएसपी छेदिलाल कामतिले बताए ।

उनले भने, ‘माेटरसाईकल हेमराजले चलाएका थिए । उनीसँगै चडेकाे उनकाे छाेरा परिश्रम कुवँर घाईते भएका छन् । उनकाे उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भई रहेकाे छ ।’

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस