हिमाको ऋखिदेउमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण

जुम्ला – हिमा गाउँपालिका – २ ऋखिदेउमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरिएको छ । गाउँपालिकाको पहल र संघीय सरकारको ३८ लाख बजेटमा सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण गरिएको हो ।
सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण पश्चात गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष तथा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले उद्घाटन गरेका छन् ।
कालिकोट र जुम्लाको सिमा क्षेत्रमा पर्ने ऋखिदेउमा भवन निर्माण भएपछि स्वास्थ्य सेवा प्रवाह गर्न सहज भएको गाउँपालिका अध्यक्ष शाहीले बताए । उनले भने त्यो क्षेत्रका दुवै जिल्लाका नागरिकले स्वास्थ्य सेवा पाएका छन् ।
सामुदायिक स्वास्थ्य इकाईमा अहिले १ जना अहेब र १ जना कार्यालय सहयोगी कार्यरत छन् । दुर्गमका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा प्रदान गर्नको लागि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो, उनले भने । सामुदायिक स्वास्थ्य इकाईबाट सबै प्रकारकार औषधि नागरिकले निःशुल्क प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस