नागरिक अगुवालाई दुई दिने यौनिकता शिक्षा

जुम्ला – अहिलेको २१ औँ शताव्दीमा पनि समाजमा यौतिकताका बारेमा खुलेर बोल्ने गरिदैन । यो शिक्षाका बारेमा खास गरी बोल्नु हुदैन भन्ने समाजमा एक किसिम चलन जस्तो बनेको छ ।
यौनिकता शिक्षा नभएकै कारण समाजमा विभिन्न किसिमका घटना हुने गरेको विष्लेषकको बुझाई छ । विद्यालय स्तरबाटै यो शिक्षा प्रदान गर्नुपर्ने उनीहरुको दावी छ ।
यही समस्यालाई मध्यनजर गर्दै प्लान नेपाल र पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत नागरिक अगुवा पत्रकार र गैरसरकारी संस्थाका प्रतिनिधिलाई दुई दिने यौनिकता शिक्षा दिन थालिएको हो ।
दुई दिनसम्म सञ्चालन हुने यौनिकता शिक्षा तालिमको सहजीकरण गर्दै आएका प्लान नेपालका तालिम प्रशिक्षक निराजन खड्काले भने, यौनिकता शिक्षा संसारमा धेरै पहिलेदेखि सुरू भएको हो । तर हाम्रो जस्तो समाजमा यौनिकताका विषयमा खुलेर कुरा हुदैन । यही शिक्षा अभावकै कारण समाजमा विभिन्न घटना घट्ने गर्दछन् । यो शिक्षालाई सवै बुझ्न र बुझाउन जरुरी छ ।
पेस नेपाल जुम्लाका कार्यकारी निर्देशक किशोर न्यौपानेका अनुसार यौनिकता शिक्षा नभएकै कारण अहिले पनि समाजमा प्रजनन् स्वास्थ्य, बालविवाह र छुईप्रथा जस्ता समाजमा उस्तै छन् । उनले भने, यो शिक्षा विद्यालय स्तरबाट लागु गरिनु पर्ने हो । तर यो शिक्षा कमै दिने गरिएको छ । नागरिक अगुवालाई यौतिकता शिक्षा गरिएको खण्डमा सञ्चार माध्याम र समुह संगठनबाट समाजसम्म पुग्ने भएकोले यो शिक्षा प्रदान गर्न थालिएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस