जुम्ला । तह बढुवाकाे माग गर्दै बढुवाको माग गर्दै आन्दाेलित भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका शिक्षक र कर्मचारीहरुको आफ्नाे आन्दोलन स्थगित गरेका छन् । आगामी कार्तिक२९ गते सम्म दबाब मुलक कार्यक्रम सार्वजानिक गरेका शिक्षक कर्मचारीले आफ्ना माग कार्यकारी परिषदकाे सभामा लैजाने सहमति पछि आन्दाेलन स्थगित गरेका हुन् ।
मंगलबार प्रतिष्ठान पदाधिकारी र कर्मचारीहरुबीच भएको वार्तामा आन्दोलनरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि गर्नका लागि प्रतिष्ठानको कार्यकारी परिषद्ले सभामा लैजाने निर्णय गरेपछि आन्दोलन स्थगित भएको प्रतिष्ठानले जनाएकाे छ ।
कार्यकारी परिषद्ले शिक्षक कर्मचारीको स्तरवृद्धि गर्ने र अनुमोदनका लागि सभामा पेस गर्ने सहमति भएपछि आन्दोलन स्थगित भएको लेखा अधिकृत इन्द्रराज डाँगीले जानकारी दिए । लेखा अधिकृत डाँगीका अनुसार कार्यकारी परिषद्ले स्तरवृद्धि गर्ने निर्णय गरिसकेको छ ।
शिक्षक तथा कर्मचारीहरुले प्रेस विज्ञप्ति निकाल्दै सभाले गर्ने कार्यकारी परिषद्ले गरेको निर्णय सभामा अनुमोदन हुने प्रतिक्षामा रहेको बताएका छन् । कात्तिक २८ गते प्रधानमन्त्री केपी शर्मा ओली प्रतिष्ठानको दीक्षान्त समारोहमा आउने र सभासमेत बस्ने भएकोले कार्यकारी परिषद्को निर्णय अनुमोदन हुनेमा विश्वस्त रहेको कर्मचारीहरुले बताएका छन् । लेखा अधिकृत डाँगीले प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओली दीक्षान्त समारोहमा आउने भएकोले शिक्षक कर्मचारीहरुका मागहरु झनै सम्बोधन हुने आशा बढेको बताए ।



