१६ वर्षिय गिता बनिन् नमुना प्रमुख जिल्ला अधिकारी

जुम्ला । १६ वर्षिय किशाेरी गिता भण्डारी जुम्लाकाे नमुना प्रमुख जिल्ला अधिकारी बनेकी छन् । कनकासुन्दरी गाउँपालिका वडा नं ८ निवासी १६ वर्षिय गिता भण्डारी नमुना प्रमुख जिल्ला अधिकारी बनेकि हुन् ।

क्याड नेपालकाे आयाेजना,प्लान नेपालकाे सहयाेग र जिल्ला प्रशासनकाे समन्वयमा गल्र्स टेकओभर कार्यक्रम अन्तर्गत गिता भण्डारीलाई एकदिने नमुना प्रजिअकाे पद हस्तान्तरण गरिएकाे हाे ।

प्लान ईन्टरनेश्नल नेपालकाे गल्र्स टेकओभर अर्थात ‘बालिका तथा किशाेरीलाई पद हस्तान्तरण’कार्यक्रम अन्तर्गत जुम्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर शाहीले नमुना प्रजिअका रुपमा किशाेरी भण्डारीलाई पद हस्तान्तरण गरेका हुन् ।

नमुना प्रअिज भण्डारीले जुम्लामा बालविवाह,छाेराछाेरी बीचकाे विभेद लगायतका विकृती रहेकाले सबै निकाय एकजुट भएर लाग्नु पर्ने बताईन् । आफ्नाे नेतृत्वमा गाउँमा विभिन्न जनेतना मुलक कार्यक्रम गरिरहेकाे समेत उल्लेख गरिन् ।

नमुना प्रजिअ भण्डारीले जिल्लामा बालबालिकाकाे विकास तथा संरक्षणका लागि कुन निकायले के कार्यक्रम गरिरहेका छन् भन्ने बारे वस्तु स्थिती जानकारी गराउन रुलिङ गरेकी थिईन् ।

त्यसपछि प्लान नेपालले गरिरहेकाे गतिविधि,शिक्षा समन्वय ईकाइ किर्डाक नेपाल,क्याड नेपाल,पेश नेपालले आफ्ना गतिविधि उल्लेख गरे ।

भने क्याड नेपालले विशेष गरि शिक्षा क्षेत्रका किशाेरी र बालिकाकाे शसक्तिकरणका लागि विभिन्न कार्यक्रम संचाला गर्दै आएकाे छ । किशाेरीकाे क्षामता विकास,सामाजिक सशक्तिकरण,उधमशीलता विकासमा समेत जाेड दिएकाे छ ।
प्लान ईन्टरनेश्नल नेपालले विश्वरभर किशाेरी तथा बालिका शसक्तिकरणका लागि गल्र्स टेकओभर कार्यक्रम गर्दै आएकाे छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस