चन्दननाथका १० जना महिला स्वयम् सेविका सम्मानित

जुम्ला – चन्दननाथ नगरपालिका जुम्लाले १० जना महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान गरेको छ । २१ औँ सामुदायिक महिला स्वास्थ्य स्वयम सेविका दिवसको अवसरमा १० जना महिला स्वयम् सेविकालाई सम्मान गरेको हो ।
सम्मानित हुनेमा चन्दननाथ नगरपालिका – १ की गोमालक्ष्मी आचार्य, वडा नं. २ की मानदेवि बुढ्थापा, वडा नं. ३ की राधिका कठायत, वडा नं. ४ की पविता चौलागाई, वडा नं. ५ की जमुना खत्री, वडा नं. ६ की दुर्गादेखि रोकाया, वडा नं. ७ की रामछाया नेपाली, वडा नं. ८ की काली बुढा, वडा नं. ९ की सरस्वती रावत र वडा नं. १० की सुनमाया देवकोटा रहेकी छन् ।


चन्दननाथकी १० जना महिला स्वास्थ्य स्वयम् सेविकालाई प्रमाणपत्र, दोसल्लासहित एक÷एक हजार रुपियाँ नगरपालिकाकी उपमेयर रामदेवि खड्कीले सम्मान गरेकी हुन् । महिला स्वास्थ्य स्वयम् सेविकालाई प्रोत्साहन गर्नका लागि सम्मान गरिएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतले बताए ।

प्रकाशित मिति : २०८१ मङ्सिर २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस