जुम्ला । नेपाल पत्रकार मशासंघ शाखा जुम्लाका पूर्वअध्यक्ष भीम सार्कीले नेपाल पत्रकार महांसघ शाखा जुम्लालाई डेढ दशकपछि साँझा बनाएकाेमा धन्यबाद दिएका छन् ।
स्थापनाकाे डेढ दशकसम्म निश्चित संगठनले मात्र नेतृत्व गर्ने र पत्रकारका हित भन्दा आफ्नाे दुनाे साेझ्याउने प्रबृत्ती हावि भएकाे अस्थामा साँझा नेतृत्वकाे महासंघ बनेकामा निकै खुसी लागेकाे उल्लेख गरे । पत्रकार महासंघ २०६० सालमा स्थापना भएकाे हाे ।
प्रेस सेन्टर जुम्लाकाे पाँचाै अधिवेशनकाे उद्घाटन सत्रमा मन्तव्य राख्दै पूर्वध्यक्ष सार्कीले भने,’स्थापना भएकाे १४/१५ वर्षपछि महासंघ साँझा हुनु,क्रियाशील सबै साथी समेटिनु सुखद पक्ष हाे । अब क्रियाशील पत्रकारहरुकाे मात्रै महासंघ बन्ने आशा पलाएकाे छ । एउटै संगठनले नेतृत्व गर्दा महासंघ विथाेलिएकाे नजिर हामी संग छन् । तर हाल सम्म हुन नसकेकाे काम पहिलाे पटक भयाे । महासंघ साझा बनाउन पहल गर्ने प्रेस सेन्टर लगायतका अगुवा पत्रकार धन्यबादका पात्र छन् ।’
हाल प्रेस सेन्टरका नेता पुर्ण चाैलागाँईकाे नेतृत्वमा प्रेस चाैतारी र प्रेस यूनियनकाे सहभागितामा नयाँ कार्यसमिति निर्वाचित भएकाे छ ।
‘साँझा नेतृत्व पत्रकार महासंघकाे आबश्यकता हाे । हामीले पनि साझा बनाउन पहल नगरेकाे हाेईन् । तर ठुलाे संगठन भन्नेहरु महासंघ आफ्नाे पेवा ठान्ने प्रबृत्ती हावि भएपछि सम्भव भएन् । अहिलेकाे आँट,साहस,सहर्काय प्रशंसा याेग्य छ । वर्ष पहिलेदेखि हुन नसकेकाे काम अहिले भएकाे छ ।
यसकाे मुख्य श्रय प्रेस सेन्टरलाई दिनचाहान्छु । अब महासंघले क्रियाशील पत्रकारकाे जीविकाेपार्जन तथा पेशागत सुरक्षाका लागि काम गर्नु पर्छ ।’ पूर्वध्यक्ष सार्कीले भने ।’
एक्लैले कुनै काम गर्न सकिदैन् । विगतमा त्यस्ताे चेष्टा भएपनि अब क्रियाशिल पत्रकारहरुकाे महासंघ बन्ने आशा पलाएकाे छ ।
सहास जुटाएर पत्रकार महासंघलाई साझा बनाउन अहम भुमिका खेल्ने पत्रकारहरुले सधै क्रियाशिल पत्रकारहरुकाे संस्था बनाउनु शुभकामना दिए ।
अब सदस्यता शुद्दिकरणलाई थप प्रभावकारी बनाउन सुझाव दिए । उनले थपे,’अब महासंघलाई परिवारबादबाट मुक्त गराउनुहाेस् मेराे सुझाव छ ।’
साथै प्रेस सेन्टर नेपालकाे पाँचाै जिल्ला अधिवेशन सफलता तथा सहमतीकाे आधारमा नयाँ नेतृत्व चयन गर्न शुभकामना दिए ।



