जुम्ला । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकालाई विकास,सुशासन र पारदर्शीतामा ध्यान दिन सचेत यूवा समुहले ध्यानर्कषणपत्र बुझाएको छ । अधुरा विकास निर्माणलाई अघि बढाउन,सुशासन,सेवा प्रवाहलाई चुस्त बनाउन माग गर्दै ५ बुदेँ ध्यानर्कषणपत्र बुझाएको हो ।
चन्ददनाथ नगरपालिकाका कार्यबाहक मेयर नवराज देवकोटालाई सचेत यूवा समुहका तर्फबाट लोकेन्द्रराज गिरीले ध्यानर्कषणपत्र बुझाएका हुन् । ध्यानर्कषण पत्रमा चन्दननाथ नगरपालिकालाई विकास, सुशासन र दिगो योजनाका लागि आवश्यक ठानिएका ५ मुख्य मागहरू सहित स्थानीय सचेत यूवा समुहद्धारा नगरपालिकाको ध्यानाकर्षण गराइएको लोकेन्द्राज गिरीले बताए । उनका अनुसार नगरपालिकाको विभिन्न समस्याहरूको समाधान, अधुरा योजनाहरूको पूर्णता र दीर्घकालीन विकासका माग ध्यानर्कषण पत्रमा उल्लेख छ ।
ध्यानकर्षण पत्रमा भनिएको छ,‘अधुरा सडक निर्माण कार्यलाई पुनः सुचारु गर्न, सबै वडामा केही महिना अघि सुरु भएको सडक निर्माण र पिच गर्ने काम अनिश्चित रूपमा रोकिएको प्रति युवाहरूले चिन्ता व्यक्त गरेका छन् । कर असुलीमा अन्योलता ल्याएको भन्दै तत्काल राज्यकोषबाट लागत कट्टा गरी कम्तीमा १० वर्षसम्म टिकाउ योजना बनाउन आबश्यक छ ।’
नगरभित्रका सबै वडाहरूमा ढल निर्माण र फोहोर व्यवस्थापनका लागि विशेष ध्यान दिन, फोहोर व्यवस्थापन गाडी प्रत्येक वडामा पु¥याउन र बजार क्षेत्रका सबै भागमा फोहोर व्यवस्थापन विस्तार गर्न माग गरिएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि परीक्षा प्रणालीमा एकरुपता ल्याउन र विश्वसनीयता कायम गर्न नगरपालिकाले विशेष ध्यान दिनुपर्नेमा युवाहरूले जोड दिएका छन् ।



