दैलेखकाे राकममा ५० शय्याकाे अस्पताल सञ्चालन गर्ने मन्त्रिपरिषद्को निर्णय

जुम्ला – सरकारले दैलेखको राकम कर्णालीस्थित आधारभूत अस्पताललाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे मातहत सञ्चालन गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। करिब ९ लाख जनसंख्या सेवा प्रवाह गर्ने कर्णालीको केन्द्रबिन्दु दैलेखको राकममा बन्ने अस्पतालको स्तरवृद्धि गरी ५० शय्यामा सञ्चालन गर्ने योजना रहेको प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले बताए ।
डा रावलले भने, ‘यस निर्णयले प्रतिष्ठानको भविष्यमा ठूलो सकारात्मक असर पर्नेछ । यस क्षेत्रका बासिन्दाको लागि स्वास्थ्य सेवाको सहज र प्रभावकारी पहुँच पुग्ने विश्वास छ। विगत लामो समयदेखिको हाम्रो सपना पूरा हुँदै छ।’

आठबिस नगरपालिका, प्रतिष्ठानको नियमित संवाद सहकार्य, प्रदेश सरकार,स्वास्थ्य तथा जनसंख्या मंत्रालय,संघीय मामिला तथासामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय हुदै पून: स्वास्थ्य मन्त्रालय मार्फत सम्माननीय प्रधानमन्त्रीज्यूको कार्यालय मार्फत मन्त्रिपरिषद बैठकबाट महत्वपूर्ण निर्णय भएको प्रतिष्ठानका रजिस्ट्रार निर्पेन्द्र महतले बताए । 

प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस