जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

उर्थु चौतारा भुकम्प गएपनि केन्द्रबिन्दु भएको आसपासको कुनै क्षति भएको छैन

जुम्ला – जुम्लाको पातारासी गाउँपालिका – ६ उर्थु चौतारा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो ।


जिल्ला प्रहरी कार्यालय जुम्लाको प्रहरी नायव उपरीक्षक छेदिलाल कामतिका अनुसार यहाँको उर्थु चौतारा केन्द्रबिन्दु भएर भुकम्प गएपनि कुनै पनि क्षति भएको छैन । उर्थु चौतारामा प्रहरी चौकी नै छ । उनले, भने प्रहरी चौकीमा बुझ्दा कुनै क्षति देखिएको छैन ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस