जुम्ला – विद्यालय शिक्षा ऐन जारी गर्न शिक्षक महासंघ जुम्लाले माग गरेको छ । शिक्षक महासंघ जुम्लाले शिक्षा विकास तथा समन्वय इकाई जुम्लालाई ध्यानाकर्षण पत्र बुझाएर शिक्षा ऐन जारी गर्न माग गरेको हो ।
विगतमा सरकारले महासंघसँग गरेका विभिन्न सम्झौता कार्यान्वयनको माग राख्दै शुक्रबार ध्यानाकषर्णपत्र बुझाएको हो । शिक्षक महासंघ जुम्लाले बुझाएको ध्यानाकर्षण पत्रको विषयमा सम्वन्धित निकाय परामर्श गर्न शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका निमित्त प्रमुख चेतराज पन्तले बताए ।




प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार



