पातारासीमा पाठेघर सम्बन्धी स्वास्थ्य शिविर, १३० जनाले सेवा लिए

जुम्ला-पातारासी गाउँपालिका – १ र २ वडामा महिलाको पाठेघर सम्बन्धी निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
शिविरमा दुई वडाका १३० जना महिलाले निशुल्क पाठेघर चेकजात गरेका छन् । सेमी फाउन्डेसनको सहयोग र सर्वोदय नेपाल जुम्लाको सहजीकरण पाठेघर सम्वन्धि शिविर सञ्चालन गरिएको हो ।


सर्वोदय विकासका लागि अभियोन नेपाल जुम्लाका कार्यकारी निर्देशक कमल खत्रीका अनुसार १० जना महिलालाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रेफर गरिएको छ ।
हिमाली भेगका महिलाहरु बढी काम गर्ने, स्वास्थ्यमा त्यति ध्यान नदिने र पोषणयुक्त खानाका अभावले गर्दा पनि पाठेघरमा संक्रमण देखिने गरेको चिकित्सक बताउन्छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस