जुम्ला । लगातारकाे वर्षा र हिमपात पछि अबरुद्ध नाग-गमगडी सडक खुलेकाे छ । उक्त सडक खण्डकाे भूलभुल र सात माेडमा पहिराे र हिउँ जमेपछि अबरुद्ध सडक खुलेकाे हाे ।
भूल भूलेमा बाक्लाे हिउँ जमेर र सात माेडमा पहिराे आएर सडक दुईदेखि पूर्ण रुपमा अबरुद्ध भएकाे थियाे । सडक अबरुद्ध पछि सडक डिभिजन जुम्लाले निरन्तर पहिराे तथा हिउँ पन्छाउ मेसिन सहित जनशक्ति खटाएपछि छिट्टै सडक संचालनमा आएकाे छ ।
सडक अबरुद्ध हुँदा रारा घुम्न जाने पर्यटक तथा मुगुबासीलाई आवतजावत असहजता भएकाे थियाे । मुगुलाई कर्णाली राजमार्गमा जाेड्ने र रारा जाने पर्यटकीय मार्ग हिमपातपछि अबरुद्द भएपनि हाल खाेलिएकाे छ ।

प्रहरी चौकी गोठिज्युला बाट खटिगएको प्रहरी टोली र स्थानियहरुको सहयोगमा जिअ देखि भुलभुले सम्मको करिब ४ किलोमिटर सडकमा आएको पहिरो पन्छाएर सडक संचालनमा आएकाे डिएसपी छेदिलाल कामतीले बताए । सडक सुचारु भएपछि स्थानीय तथा रारा जाने पर्यटकलाई सहज भएकाे छ ।
यता सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले निरन्तरकाे प्रयासपछि अबरुद्ध सडक संचालनमा आएकाे बताए । उनका अनुसार कतै सुरक्षाकर्मी,कतै कार्यालयका जनशक्ति तथा मेसिन प्रयाेग गरेर सातमाेड क्षेत्र,भूलभूल र जिअ भिडकाे हिउँ तथा पहिराे पन्छाएर सडक खुलेकाे हाे ।



