कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे १३ औं सिनेट बैठक सुरु

काठमान्डाैं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे सभाकाे ११ औं सिनेट बैठक सुरु भएकाे छ । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे अध्यक्षतामा सिनेट बैठक सुरु भएकाे हाे ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सभाकाे ११ औं सिनेट बैठकले प्रतिष्ठानका विभित पक्षमा छलफल गरि निर्णय पारित गर्ने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले बताए । उनका अनुसार विभिन्न ८ वटा प्रस्तावमाथि छलफल गरि पारित गरिने छ ।

बैठकमा सहकुलपति तथा स्वास्थ्य मन्त्री प्रदिप पाैडेल लगायत अर्थसचिव,स्वास्थ्य सचिव,याेजना आयाेगका सदस्य लगायत सिनेट सदस्य सहभागी छन् ।

उपकुलपती डाक्टर मंगल रावलले चार वर्षकाे प्रगति,चुनाैती र भावि याेजना प्रस्तुत गरेका छन् । प्रतिष्ठानका कामकाे प्रधानमन्त्रीले प्रशंसा गरेका छन्। भने ११ ओैँ बैठकका ८ वटा प्रस्ताव माथि गहन छलफल भईरहेकाे छ ।

प्रकाशित मिति : २०८१ चैत्र १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस