जुम्ला । जुम्ला-सुर्खेत जाेड्ने कर्णाली राजमार्ग अबरुद्ध भएकाे छ । गएराती भएकाे वर्षापछि आएकाे पहिराेले कर्णाली राजमार्ग अबरुद्ध भएकाे हाे । सडक अबरुद्ध भएपछि यात्रु बाटाेमै अलपत्र परेका छन् ।
पहिराे खसेपछि कर्णाली राजमार्ग अन्तर्गत जुम्ला खण्डकाे कालिकाेट स्थित खाँडाचक्र नगरपालिका वडा नं ८ काे सिम्लागार्डमा पहिराे खसेपछि सडक पूर्ण रुपमा अबरुद्ध भएकाे कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ ।
त्यस्तै राजमार्गकाे कालिकाेट खण्डमै थप दुई स्थानमा सडक अबरुद्ध भएकाे छ । सान्नी त्रिवेणी गाउँपालिका वडा नं ३ सिस्नेगार्ड सुर्खेत,कालिकाेटकाे रास्काेट नगरपालिका-८ भार्तडीमा पहिराे खसेर सडक पूर्ण रुपमा अबरुद्ध भएकाे हाे । भार्तडी क्षेत्र कर्णाली करिडाेर अन्तर्गत पर्दछ ।
बुधवार साँझदेखि भीषणा वर्षा,हावा हुरी सहित चट्याङ पर्दा ढुंगा सहित पहिराे आएर राजमार्ग अबरुद्ध हुँदा सयाै यात्रु बाहक तथा मालबाहक सवारी राेकिएका छन् ।



