जुम्ला । खानेपानी मन्त्री प्रदिप यादवले वर्तमान सरकारले जनताकाे निरासा चिर्ने काम गरेकाे बताउनु भएकाे छ । हिमा गाउँपालिकामा हुने प्रथम वास सम्मेलनमा सहभागी हुन जुम्ला पुगेका खानेपानी मन्त्री यादवले व्यवस्था विराेधीले जनतन माझ अफवाह फैलाउने प्रयास गरेेपनि वर्तमान सरकार जनताका निरासा चिर्न सफल भएकाे बताएका हुन।
हिमा गाउँपालिकाकाे कार्यालयमा नेपाल पत्रकार महासंघद्वारा आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री यादवले सरकारले जनताका पक्षमा काम गरिरहेकाे छ,न्यून स्राेत साधनले अपेक्षित उपलब्धी हुन नसकेकाे अबस्था विभिन्न ढंगबाट सरकारलाई कमजाेर पार्ने प्रयास भएकाे बताए ।
सुशासन विकास निर्माण,सेवा प्रवाह आर्थिक समृद्धि का सवालमा केपी ओली नेतृत्व सरकार सफल भईसकेकाे उल्लेख गरे ।
उनले,’व्यवस्था विराेधीले अफवाह फैलाउदैनमा केही हुदैन । याे सरकार स्थिर सरकार हाे । विकास र जनताका पक्षमा हुने सरकार स्थिर रहन्छ । केहिदिन सरकार परिवर्तनका बारेमा अर्थहिन प्रचार भएकाे छ । त्यसमा सत्यता छैन् । याे सरकार चुनाव सम्मै निरन्तर चल्छ सबै ढुक्क हुनुहाेस् ।’
साथै मन्त्री यादवले जुम्लाकाे विकास निर्माण विशेषगरी खानेपानी समस्या,नागरिककाे जनजजीवन र मन्त्रालय अन्तर्गतका आयाेजनाकाे अबस्थाका बारेमा बुझ्न पनि जुुम्लामा पहिलाे पटक आएकाे उल्लेख गरे ।



