कनकासुन्दरीमा कलाकारिता शक्ति प्रदर्शनी

जुम्ला – कनकासुन्दरी गाउँपालिका – ५ गोरुचौरमा किशोरीले कलाकारिता शक्ति प्रदर्शनी गरेका छन् । हिमा, सिंजा र कनकासन्दरी गाउँपालिकाका किशोरीले कलाकारिता शक्ति प्रदर्शनी गरेका हुन् । कनकासुन्दरी गाउँपालिका जुम्लामा सहकार्यमा आत्म सम्मानका लागि सहकार्य (क्याड), पेस नेपाल जुम्लाको आयोजना र प्लान ईन्टरनेशनलको सहयोगमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत कलाकारिता शक्ति प्रदर्शनी गरिएको हो ।


किशोरीले देउडा गीतमार्फत समाजमा परम्परागत हानिकारक अभ्यास कुरिति विरुद्ध सन्देश फैलाएका छन् । उनीहरुले बालविवाह, महिनावारी विभेद लगायतका कुरिति विरुद्ध देउडा र साँस्कृतिक प्रस्तुति गरिएको क्याड जुम्लाका फिल्ड सुपरभाइजर शेरबहादुर रोकायाले बताए । उनले भने, बालविवाह, जातिय बिभेद, घरेलु हिंसा, लैंगिक असमानता, महिनावारी बिभेद लगायत सामाजिक विभेद सचेतीकरण गरिएको छ ।


४ वडा देउडा समुहमा ३२ जना किशोरीको सहभागिता रहेको थियो । यस्तै हुड्के नाँच पनि देखिएको क्याड जुम्लाले जनाएको छ । देउडा समुहमा सहभागी किशोरीलाई दोसल्लाहसहित प्रोत्साहन स्वरुपमा स्टेशनरी सामग्री पनि उपलव्ध गराएको थियो । स्टेशनरी सामग्रीले किशोरी बालबालिकालाई पठनपाठनमा सहयोग हुने अपेक्षा गरिएको क्याड जुम्लाले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस