महिलालाई महिनावारी प्याड बनाउने सीप


जुम्ला – तातोपानी गाउँपालिका – २, ५ र ६ वडाकी महिलालाई महिनावारी प्याड बनाउने सीप सिकाईएको छ । तातोपानी गाउँपालिका जुम्लाको सहकार्यमा राधा फाउण्डेशन र पेस नेपाल जुम्लाले स्थानीय स्तरमा महिनावारी प्याड बनाउने सीप सिकाईएको हो । महिनावारी प्याड बनाउन स्थानीय हरिभक्त परियारले सीप सिकाएका हुन् । उनले सिलाईकटाई गर्ने उपकरण (कल) मार्फत सीप सिकाएका हुन् ।


हरेक २८ दिनको अन्तरालमा महिनावारी हुने गर्दछन् । उनीहरुको महिनावारी व्यवस्थापनका लागि स्थानीय स्तरमै महिनावारी प्याड बनाउने सीप सिकाईएको पेस नेपाल जुम्लाका कार्यक्रम अधिकृत देवकी विष्टले बताइन् । उनले भनिन् यौन तथा प्रजनन् स्वास्थ्यका लागि मर्यादित महिनावारी परियोजना अन्र्तगत दुई दिनसम्म महिनावारी प्याड बनाउन सीप सिकाईएको हो ।
बजारमा पाईने स्यानिटरी प्याड भन्दा स्थानीय स्तरमै कपडाबाट बनाईएको महिनावारी प्याड स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । स्थानीय स्तरमा कपडाको बनाएको प्याड रसायन मिसिएको हुदैन । तर बजारमा पाइने स्यानिटरी प्याडमा भने रसाइन मिसावट हुन्छ । जसले स्वास्थ्य असर गर्ने गरेको अधिकृत विष्टले बताइन् ।


जुम्ला तातोपानी गाउँपालिकाका महिलाले महिनावारी प्याड बनाउन थालेका छन । स्थानीय स्रोत साधन र प्रविधिको प्रयोग गरेर प्याड बनाउन थालेका हुन ।महिलाले आफुसँग भएको नरम कपडाको महिनावारी प्याड निर्माण गरि प्रयोग समेत गरेका छन । दुई दिने तालिमको आयोजना गरेर उनीहरूलाई प्याड बनाउन सिकाईएको हो ।
उपाध्यक्ष रेवती रावलले स्थानीय स्तरमा उत्पादन हुने प्याड सहजै रूपमा उपलब्ध गराउन सकिने बताइन । उनले भनिन् सबै महिलाले प्याड बनाएर प्रयोग गर्ने सीप सिकाउको छौँ । महिनावारी व्यवस्थापनका लागि सवैले अनिवार्य प्रयोग गर्न आग्रह गर्दछौँ ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले भविष्यमा प्याड उद्योग नै चलाउने गरेर काम भइरहेको बताए । उनले भने, अझ बजारमा पाइने प्याडसंग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गरिनेछ । गुणस्तरीय प्याड बनाएर बजार सम्म बेच्न लैजान सकिनेछ ।’

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस