रारामा १० महिनामा १३ हजार पर्यटक

जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य मुगु स्थित रारा तालमा पर्यटक आगमन बढेको छ । असहज सडक तथा बसाई व्यवस्थापनको समस्याका बीच पनि रारा ताल भ्रमण अवलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक बढेका हुन् ।

राराको प्राकृतिक सुन्दरता हेर्न देश तथा विदेशबाट पर्यटक संगै विद्यालयका शिक्षक विद्यार्थी,कर्मचारीहरु समूह बनाएर रारा पुग्ने गरेका छन् । रारा राष्ट्यि निकुञ्ज मुगुको तथ्यांकनुसार रारा तालमा चालू आर्थिक वर्षको १० महिनामा १३ हजारबढी पर्यटकले अवलोकन गरेका छन् । निकुञ्जले प्रत्यक दिन कति पर्यटक आएर भनेर रेर्कड राख्ने गरेको छ ।

रेर्कडनुसार वैशाख मसान्त सम्म रारा तालमा १३ हजार १४ जना पर्यटकले अवलोकन गरेको रारा राष्ट्यि निकुञ्जका प्रमुख महेश न्यौपानले बताउनुभयो । उहाँका अनुसार कूल १३ हजार १४ जना पर्यटक रारा घुम्नेमा १२ हजार ७ सय ६१ जना नेपाली र २०८ जना विदेशी,सार्क राष्ट्रका ४५ जना पर्यटक रहेका छन् ।

नेपाली पर्यटक कूल १२ हजार ७६१ जना मध्य पुरुष ८ हजार २३४ जना र महिला ४ हजार २७ जना रहेका छन् । भने, सार्क राष्टका ४० पुरुष र ५ जना महिला छन् , उता विदेशबाट १० महिनाको अवधिमा ११८ जना पुरुष र ९० जना महिलाले रारा भ्रमण गरेका छन् ।

वर्खा लागे संगै वातावरण हरियाली हुँदै गएकाले पनि पर्यटकको आकर्षण बढेको छ । निकुञ्ज प्रमुख न्यौपानले भन्छन्,‘खास गरि चैत,बैशाख,जेठ यो तीन महिला पर्यटको भिड हुने समय हो । त्यसपछि दशै तिहारको बेला पर्यटकको बाक्लो उपस्थिती हुन्छ ।सिजनल रुपमा आउने पर्यटक हरुलाई मध्यनजर गरि सडक पूर्वाधार,होटल वासमा ध्यान दिन जरुरी छ ।’

वर्षात हुने बित्तिकै सडक अबरुद्ध हुने,हिलो हुने भनेको जस्तो होटल बास नपाउने जस्ता समस्या अहिले पनि कायमै छन् । जसले गर्दा पर्यटकको बसाई लम्बाउन सकिएको छैन् । पर्यटकको बसाई लम्बाउने पूर्वाधार नभएकै कारण पर्यटन क्षेत्रबाट अपेक्षित लाभ कर्णालीले अझ लिन सकेको छैन् ।

यदपी रारा राष्ट्यि निकुञ्जले भने कर्णालीका अन्य पर्यटकीय गन्तव्य भन्दा आम्दानी बढाएको छ । नयाँ निकुञ्ज प्रमुखका रुपमन महेश न्यौपानले आएपछि निकुञ्जको चोरी शिकारी नियन्त्रण,व्यवस्थापन,वन पैदावार संरक्षण,वन्य जन्तुको संरक्षण लगायतका पक्षमा उल्लेखीय काम भएका छन् ।

१९ लाख राजश्व संकलन
रारा राष्टिय निकुञ्जले चालू आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा १९ लाख बढी राजश्व संकलन गरेको छ । चालू आवको बैशाख मसान्त सम्ममा कूूल १९ लाख ७६ हजार ६ सय रुपैया राजश्व संकलन भएको प्रतिवेदनमा उल्लेख छ ।

जसमा रारामा आउने प्रति नेपालीबाट एक सय रुपैया उठाउने गरिएको छ । भने सार्क राष्टका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार रुपैया शुल्क उठाउने गरेको रारा राष्ट्यि निकुञ्ज मुगुले जनाएको छ ।

कूल असुली भएको राजश्व मध्य नेपाली पर्यटक बाट सबैभन्दा बढी १२ लाख ७६ हजार एकसय,सार्क राष्ट्का पर्यटकबाट ६७ हजार पाँच सय र विदेशी पर्यटकबाट ६ लाख २४ हजार राजश्व संकलन भएको देखिन्छ ।

तुलनात्मक रुपमा रारामा विदेशी पर्यटकको आगमन न्यून देखिएको छ । नेपाली पर्यटकको आगमन बढेपनि आम्दानी अपेक्षित बढेको देखिन्न । त्यसैले सुविधा सम्पन्न पूर्वाधार निर्माण गरि,प्रचार प्रशार जोड दिई विदेशी पर्यटक भित्र्याउन सरकारले ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस