गणतन्त्र दिवसमा सामाजिक विकास कार्यालयद्वारा कारागारमा खेलकूद सामाग्री हस्तान्तरण

जुम्ला । गणतन्त्र दिवसका अबसरमा जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई खुलकूद सामाग्री हस्तान्तरण गरिएकाे छ । सामाजिक विकास कार्यालय जुम्लाकाे सहयाेगमा जुम्ला कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएकाे हाे ।

विहिबार विहान कारागारमा एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले कारागार प्रमुखलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।

सामाजिक विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख टाेप बहादुर बुढाले गणतन्त्र दिवसका अबसरमा कार्यालयकाे तर्फबाट दुई वटा भलिबल र दुई वटा नेट प्रदान गरिएकाे बताए । गणतन्त्र दिवस मुल समाराेह समितिकाेनिर्णय अनुसार सामाजिक विकास कार्यालयले खेलकुद सामाग्री उपलब्ध गराएकाे हाे ।

कारागारमा रहेका कैदीबन्दीलाई खेलकुद सामाग्री प्राप्तपछि नियमित खेल खेल्न सहज हुने छ । साथै जुम्लामा १८ औ गणतन्त्र दिवस प्रभातफेरीपछि काेण सभा गरेर मनाईएकाे छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस