हिमामा पालिका स्तरीय १५ औँ राष्ट्रपति रनिङशिल्ड सुरु

जुम्ला । जुम्लाको हिमा गाउँपालिकामा पालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । हिमा गाउँपालिकाको आयोजनामा वडा नं. २ स्थित नेत्र ज्योती माध्यमिक प्राविधिक विद्यालयमा आईतबार देखी १५ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले उद्घाटन गरेका छन् । नयाँ खेलाडी उत्पादन तथा पुराना खेलाडीको प्रोत्साहनका निम्ती हिमा गाउँपालिकाले निरन्तर खेलकूद प्रतियोगिता गर्दै आएको अध्यक्ष लक्ष्मण शाहीले बताए ।

हिमाका गाउँ गाउँमा भएका खेल सम्भावनालाई उजागर गर्न नियमित भईरहेको १५ औँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताले उल्लेखीय भूमिका निर्वाह गर्ने उनको भनाई छ । प्रतियोगितामा हिमाका सबै सामुदायिक विद्यालय सहभागी भएका छन् । प्रतियोगिता अन्तरर्गत विभिन्न विद्याका खेलकूद संचालन हुने छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस