जुम्ला – लेखक बिन्दा पाण्डेको भुइँमान्छे पुस्तकमाथि जुम्लामा परिचर्चा कार्यक्रम भएको छ । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा लेखक बिन्दा पाण्डे तथा लेखक स्वयंम पाण्डेकै उपस्थितिमा जुम्लामा परिचर्चा कार्यक्रम भएको हो ।
पत्रकार महेश नेपाली र संविधान सदस्य देविलाल थापाले भुइँमान्छे पुस्तकमाथि समीक्षा गरेका छन् । भुइँमान्छे नेपाली समाजका पीडित, उपेक्षित र आवाजविहीन वर्गको प्रतिनिधित्व गर्ने कृति हो ।
यस कृतिमार्फत लेखकले नेपालको सामाजिक, आर्थिक तथा लैंगिक विभेदमा परेका वर्ग तथा भुइँमान्छेको कथालाई सशक्त रूपमा उजागर गर्नु भएको छ । परिचर्चा कार्यक्रममा समिक्षक महेश नेपालीले भुइँमान्छेलाई “सामाजिक यथार्थको गहिरो दस्तावेज“ को रूपमा व्याख्या गर्दै यसले नेपाली साहित्यमा नयाँ दृष्टिकोण ल्याएको बताए । उनले भने, नेपाली बामपन्थि आन्दोलनका विषयमा पुस्तकले व्याख्या गरेको छ । आलोचना गरेमा नेतृत्वले सकरात्मक रुपमाले लिनु पर्ने विषयमा पुस्तक मार्फत सन्देश प्रवाह गरिएको छ ।
अर्का समिक्षक संविधान सभा सदस्य थापाले पुस्तकको भाषा, शिल्प र दृष्टिकोणलाई प्रशंसा गर्दै यसले साहित्य र सामाजिक न्यायबीचको सम्बन्ध झल्काएको बताए । उनले भने, नेपाली समाजमा रहेका भुइँमान्छेका कथाहरु सहज रुपमा प्रस्तुत गरिएको छ । कार्यक्रमको अन्त्यमा लेखक बिन्दा पाण्डेले पुस्तक लेख्नुपर्ने आवश्यकता, भोगाईका अनुभवहरू तथा लेखनको उद्देश्यबारे भावुक अभिव्यक्ति दिएको छ । “म यो पुस्तक मार्फत आवाज विहीनका आवाज बन्ने प्रयास गरेकी हुँ ।” पुस्तक लेख्दाको अनुभव, उद्देश्य तथा पाठक समक्ष प्रस्तुत गर्न खोजिएको छ ।
उनका अनुसार, “भुइँमान्छे आवाज विहीनको आवाज हो । दुरदराजमा बसेस संगठन निर्माण गर्दा तल्लो तहका व्यक्तिले गरेको सहयोग लेखन मार्फत व्यक्त गर्न चाहेको हुँ । परिचर्चाले साहित्यिक अभिव्यक्तिको माध्यमबाट सामाजिक विषयमा गहिरो बहस सिर्जना गर्नुका साथै पुस्तक प्रति पाठकको चासो र सरोकारलाई उजागर गरेको थियो ।
कार्यक्रममा विभिन्न साहित्यकार, अध्येता, विद्यार्थी र पुस्तक प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । परिचर्चाले पुस्तक प्रतिको चासो मात्र होइन, सामाजिक रूपान्तरणका पक्षमा बहसको सुरुवात पनि गरिएको छ ।



