कनकासुन्दरीमा शिक्षक र कर्मचारीलाई ‘शिक्षा सुशासन र सूचना प्रणाली’ ३ दिने तालिम सुरु

जुम्ला । स्थानीयतहका शिक्षक कर्मचारीहरुलाई शिक्षा प्रशासन,सूचना प्रणाली सम्बन्धि ३ दिने तालिम सुरु भएकाे छ । जुम्लाकाे कनकासुन्दरी गाउँपालिका-६ गुरुचाैरमा आठै पालिकाका शिक्षक तथा विद्यालय कर्मचारीकाे सहभागितामा तालिम सुरु भएकाे हाे । तालिममा कनकासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले उद्घाटन गरे ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा कर्मचारीलाई शिक्षा प्रशासन,सूचना प्रणाली सम्बन्धि जानकारी दिने र नमुना विद्यालयका गतिविधिबारे आपसमा अनुभव आदान प्रदान गर्ने उदेश्यले तालिमकाे आयाेजना गरिएकाे हाे ।

सामाजिक विकास कार्यालय जुम्लाकाे आयाेजना तथा कनकासुन्दरी गाउँपालिकाकाे संयाेजनमा कनकासुन्दरीमा तालिम संचालन भएकाे छ ।

तालिम उद्घाटन गर्दै कनकासुन्दररी गाउँपालिकाका कार्यवाहक अध्यक्ष प्रेम बहादुर पछाईले सामुदायिक विद्यालय आर्थिक प्रशासन सुधार गर्नु पर्ने आबश्यक देखिएकाे बताए । विद्यालय क्षेत्रमा देखिएका अन्याैलता अरु न्युनिकरण हुने छन् । तालिम पछि विद्यालय शैक्षिक तथा प्रशासनिक क्षेत्रमा सुधार हुने उल्लेख गरे ।

सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख टाेप बहादुर बुढाले संघियताकाे मुल मर्मकालाई आत्मसाथ गर्दै जिल्ला केन्द्रित कार्यक्रमलाई अन्त्य गर्दै गाउँमा संचालन गर्न थालिएकाे बताए ।

विद्यालयका प्राविधिक विषयवस्तुमा स्पष्ट पार्न र नमुना विद्यालयका अनुभव आदान प्रदान गर्न तालिम आयाेजना गरिएकाे हाे उल्लेख गरे ।

स्थानीयतहले अपेक्षाकृत रुपमा शिक्षा क्षेत्रमा लगानी गरेकाे देखिन्न । उनले भने,’शिक्षक कर्मचारीकाे अनुराेधलाई मध्यनजर गर्दै हामी तालिमकाे आयाेजना गरेका हाेै । तालिमले विद्यालयकाे आर्थिक प्रणाली सुधार गर्न मात्रै टेवा पुग्ने छैन् । शिक्षक कर्मचारीबीच आपसमा अनुभव साटिने छ । केही प्राविधिक कुरा सिकाईने छ । सामुदायिक विद्यालयकाे शैक्षिक प्रशासन सुधार हाम्राे मर्म हाे ।’

प्राविधिक सहायक जीवन राेकायाले सधै सदरमुकाममा हुने कार्यक्रम सामाजिक विकास कार्यालयले कनकासुन्दरीमा आयाेजना गरेकाेमा धन्यबाद व्यक्त गरे ।

उनले भने,’सधै सदरमुकाम जानू पर्ने बाध्यता थियाे । पहिलाेपटक कनकासुन्दरीमा आयाेजना भएकाेमा खुसी छाै ।विद्यालयकाे आर्थिक सुशासन कायम गर्न याे तालिम काेशेढुंगा बन्ने छ । केही अन्याैता छन् ती सबै सुधार हुने छन् ।’

तालिम आगामी जेठ २७ गते सम्पन्न हुने सामाजिक विकास कार्यालयका कर्मचारी शिव शंकर चाैलागाईले बताए । उनका अनुसार आठै पालिकामा नमुना विद्यालयका शिक्षक कर्मचारीकाे उल्लेखीय उपस्थिती छन् ।

प्रकाशित मिति : २०८२ जेष्ठ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस