जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाले पालिकाका नागरिकको राहतका लागि नयाँ एम्बुलेन्स खरिद गरेको छ । नेपाल सरकारको पुर्ण राजश्व छुट सहित पालिकाको लगानीमा नयाँ एम्बुलेन्स खरिद भएको गाउँपालिका अध्यक्ष पुर्ण प्रसाद धितालले बताए । नेपाल सरकारको पूर्ण राजश्व छुट एम्बुलेन्सको मुल्य २४ लाख परेको छ ।
जसमा एम्बुलेन्सको खुद मुल्य २१ लाख र अन्य व्यवस्थापनमा ३ लाख खर्च भएको छ । अध्यक्ष धितालले भने,‘पुरानो एम्बुलेन्स विग्रन थालेपछि नागरिकको सेवा भन्दा मर्मत कार्यमा बढी खर्च हुन थाल्यो । नागरिकले दुःख पाउन थाले । त्यसैले टेण्डर प्रक्रियामा गएर २१ लखमा नयाँ एम्बुलेन्स खरिद गर्यौ । कूल मुल्य ३२ लाख भएपनि सरकारको राजश्व छुट अन्तरर्गत ११ लाख रकम कम पर्यो ।’
पुरानो एम्बुलेन्सका कारण सास्ती पाएका सिंजाबासीले अब राहत पाउने अपेक्षा गरिएको छ । सुत्केरी तथा गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको छ । भने अन्य नागरिकलाई सस्तोमा सेवा प्रवाह भईरहेको गाउँपालिकाले जानकारी दिएको छ ।



