जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ५ का बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।
वडाध्यक्ष छिरिङ महत पहल, समन्वय तथा सहजीकरण र वल्र्ड भिजनकाे आर्थिक सहयाेग तथा किर्डाककाे साझेदारीमा ५ नम्बर वडाका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएकाे हाे ।
उक्त वडा भित्र रहेका आरसी दर्ता बालबालिका लाई वडाध्यक्ष महतले बुधबार विहान शैक्षिक सामाग्री हस्तान्तरण गरे । वडाध्यक्ष महतका अनुसार वडाका ८४ जना आरसी बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।
केही दिन अघि मात्रै सेभ द चिल्डेस् काेआ र्थिक सहयाेक,वडा नं ५ काेस हकार्य र सहजिकरणमा जाेखिममा परेका ३४ जना बालबालिकाहरूलाई शैक्षीक सामग्री तथा विद्यालय पेाषाक बितरण गरिएकाे थियाे ।
बालबालिकाकाे विकास बिना समाज रुपान्तरण असम्भव हुने कुरालाई आत्मसाथ गर्दै वडाध्यक्ष छिरिङ महतले वडाकाे बजेट देखि दातृ निकायकाे सहयाेगमा बालबालिकाका क्षेत्रमा काम गरि रहेका छन् ।
उनी भन्छन,’वडाकाे सिमित बजेट सबै क्षेत्रमा खर्च गर्नुपर्छ । स्राेत सिमित छ । आबश्यकता असिमित छन् । हामीले सबै क्षेत्रमा काम गर्नै पर्छ । त्यसपनि बालबालिकाकाे विकास,सुरक्षा । उनिहरुकाे शिक्षा स्वास्थ्य सुनिश्चिता महत्वपूर्ण छ । त्यसैले विभिन्न दातृ निकायकाे सहयाेग तथा वडाकाे पहलमा बालबालिका केन्द्रित काम गरिरहेका छाै ।’
आगामी दिनमा पनि बालबालिका केन्द्रित गतिविधि बढाईने वडाध्यक्ष महतकाे भनाई छ ।



