जुम्ला । जुम्लामा पछिल्लाे समय विभिन्न विपद्का घटना बढीरहेका छन् । विधुतीय दुर्घटनाकाे जाेखिम,प्राकृतिक विपत्तीकाे जाेखिम, तथा आगलागी जस्ताे जाेखिम बढ्दै गएका छन् ।
२०७९ सालकाे भिषण बाढी पहिराेबाट जुम्लाले ब्यहाेरेकाे क्षति अझै परिपुरण भएकाे छैन् । यश वर्ष भारी वर्षात भएर १८ लाख नागरिक प्रभावित हुने अनुमान छ ।
बढ्दै गएकाे विपद् जाेखिमलाई मध्यनजर गर्दै हुन सक्ने भव्यतव्य विपद तथा त्यसबाट हुने जनधनकाे क्षति राेक्न पूर्वतयारीलाई मजबुद बनाउने विषयमा केन्द्रित भएर जुम्लामा विपद् बहसकाे आयाेजना गरिएकाे छ ।
जिल्ला विपद् व्यवस्थापन समितिकाे निर्णय अनुसार नेपाल रेडक्रस साेसाईटी शाखा जुम्लाकाे आयाेजना तथा नेपाल पत्रकार महासंघकाे सहजीकरणमा विपद् बहस संचालन गरिएकाे हाे ।

शुुक्रबार कर्णाली मावि अनामनगरमा संचालित बहसमा विपद पूर्वतयारी मजबुद बनाउने विषयमा केन्द्रित हुँदै छलफल गरिएकाे छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक केदारनाथ शर्माले जिल्लाका लागि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण भइसकेको जानकारी दिए ।
उनले विपद् जोखिम न्युनिकरणका लागि पूर्वतयारी र समन्वय आवश्यक रहेकोमा जोड दिए। चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले विपद् व्यवस्थापनका क्षेत्रमा नगरपालिकाको सक्रिय उपस्थिति रहेको उल्लेख गर्दै स्थानीय तहको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे ।

विपद् पूर्वतयारीलाई प्राथमिकतामा राखेर दमकल, फायर फाईटिङ उपकरण उद्धार तालिम तथा उपकरण व्यवस्थापन लगायतका कामहरू अघि बढाएको जानकारी दिए ।
विपद्का समयमा जनतालाई छिटो र प्रभावकारी सूचना दिनका लागि मोबाइल सन्देश प्रणाली विकास गर्ने तयारी भइरहेको चन्दननाथ नगरपालिकाका कठायतले जानकारी दिए ।
नगरपालिकाले विपद् व्यवस्थापनलाई अत्यन्तै संवेदनशीलताका साथ लिएको बताए । ‘विपद् आउनु अघि वा आउँदा प्रत्येक नागरिकको मोवाइलमा म्यासेज जाने प्रणाली विकास गर्न लागिएको छ ।’उले भने,’जोखिमको पूर्वजानकारी दिई जनधनको क्षति न्यूनीकरण गर्न सकिनेछ ।’
उनले नगरपालिकाले फायर फाईटिङ, दमकल व्यवस्थापन, उद्धार तालिम र जनचेतनामूलक कार्यक्रम मार्फत विपद् व्यवस्थापनमा सक्रियता देखाइरहेको उल्लेख गरे । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यवाहक सभापति जगदीश चौलागाँईले रेडक्रसले दिर्घकालीन रुपमा विपद् जोखिम न्युनिकरण राहत तथा उद्धारका क्षेत्रमा काम गर्दै आएको जानकारी दिए ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाका सुपरभाईजर हरिशचन्द्र थापाले घरघरमा कमजोरीसहित गरिएको विद्युत वाईरिङका कारण आगलागी हुने सम्भावना बढेको बताए ।
विपद्का घटना हुनुअघि पूर्वतयारीमा जुट्न सकेमा जनधनको क्षति न्यून गर्न सकिने विज्ञहरूले बताएका छन् । कार्यक्रममा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूले आगलागी, बाढीपहिरोजस्ता घटनाबाट बच्न जनस्तरमा सचेतना, पूर्वतयारी र आवश्यक पूर्वाधार निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन् ।
कार्यक्रममा विभिन्न निकायका प्रतिनिधिहरू, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो ।



