जुम्ला । नेपाल सुनचाँदी व्यवसायीहरु देशभर आन्दाेलनमा उत्रिएका छन् । सरकारले आगामी आर्थिक वर्षकाे नीति तथा बजेटमा सुनचाँदीलाई विलासिताकाे वस्तुका रुपमा जाेडेर कर बढाएपछि व्यवसायी आन्दाेलित भएका छन् ।
सुनचाँदी व्यवसायी महासंघकाे केन्द्रकाे सर्कुलर अनुसार जुम्लाका सुनचाँदी व्यवसायीहरु आन्दाेलनमा छन् । साेमबार विहान पत्रकार सम्मेलन गरेर सरकारले आफ्ना मागहरु संबाेधन नभए सम्म आन्दाेलन जारी रहेकाे जनाएकाे छ ।
आगामी आव २०८२/८३ काे बजेटमा सुन, चाँदी, हिरा तथा बहुमुल्य पत्थरलाई विलासिता वस्तुको रुपमा जोडेर थप असहज सृजना गरिएकाे सुनचाँदी व्यवसायीसंघ जुम्लाका अध्यक्ष राजु गहतराजले बताए ।
सुन, चाँदी, हिरा तथा बहुमुल्य पत्थर व्यवसायी देखि आम उपभोक्ता सम्मलाई थप करको मारमा परेकाले तत्काल विलासिता संग जाेडिने विषय र कर हटाउनु पर्ने जाेडदार माग गरिएकाे छ । जुम्लामा रहेका ४० जना सुनचाँदी व्यवसायीहरु आन्दाेलनमा छन् । माग संबाेधन नभए सम्म आन्दाेलन निरन्तर जारी रहने सुनचाँदी व्यवसायी संघ जुम्लाका सचिव ज्ञान बहादुर विकले जानकारी दिए ।
विज्ञप्ती
उपरोक्त सम्बन्धमा हालै नेपाल सरकार अर्थमन्त्रालयबाट आ.व. ०८२/०८३ को लागि प्रस्तुत गरिएको बजेट वक्तव्य मार्फत सुन, चाँदी, हिरा तथा बहुमुल्य पत्थरलाई विलासिता वस्तुको रुपमा जोडेर थप असहज व्यवस्था गरिएको हुनाले सुन, चाँदी, हिरा तथा बहुमुल्य पत्थर व्यवसायी देखि आम उपभोक्ता सम्मलाई थप करको मारमा पर्ने भएकोले नेपाल सुन चाँदी व्यावसायी संघहरुको गम्भिर आपत्ति रहेको जानकारी गराउँदै नेपाल सुन चाँदी व्यावसायी सधं, जुम्लाले यस पत्रकार सधू नाई ज्ञापन पत्र बुझाई सघमा जानकारी था बोधार्य दिन हुन अनुरोध गर्दछौ। सरोकारवालाको ध्यानर्कषण गरिन्छ ।



