तातोपानी गाउँपालकाको ८५ प्रतिशत बजेट खर्च

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८१र०८२ को खर्च तथा भुक्तानी सम्बन्धि लेखाङ्कन कार्य बन्द गरि खर्च विवरण सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०८१र०८२ को भुक्तानी सम्बन्धि लेखाङ्कन कार्य देशभर यहि असार २५ गते देखि बन्द भएकाले तातोपानी गाउँपालकाले वित्तीय खर्च विवरण तथा प्रगति सार्वजनीक गरेको हो ।

आर्थिक वर्षको वित्तीय प्रगति तपशिल बमोजिम रहेको व्यहोरा सम्बन्धित सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तातोपानी गाउँपालिकाको ५३ करोड ७९ लाख ५ सय ९ विनियोजित बजेट मध्य ४३ करोड २० लाख ६८ हजार ८ सय ३१ रूपैयाँ खर्च भएको र ९ करोड ८० लाख १० लाख ६ सय ७७ रूपैयाँ मौज्दात रहेको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए ।

यस्तै चालु तर्फको ३५ करोड ५७ लाख ६४ हजार ५ सय ९ विनियोजित बजेत मध्य ३० करोड १४ लाख ३ सय ३ रूपैयाँ खर्च भएको र ५ करोड ५७ लाख ५० हजार २ सय ५ रूपैयाँ मौज्दात गरि ८४ दशमलव ३३ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए ।

यस्तै पुँजीगत तर्फ विनियोजित १७ करोड ४३ लाख १५ हजार बजेटमा १३ करोड २० लाख ५४ हजार ५ सय २८ खर्च हुदा ४ करोड २२ लाख ६० हजार ४ सय ७२ मौज्दात रहेको प्रशासकीय अधिकृत कठायतले जानकारी दिए । यस्तै ७५ दशमलव ७६ प्रतिशत खर्च रहेको भएको छ ।

यस्तै गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईले ५० करोड ४१ लाख ६४ हजार १ सय ८३ रूपैयाँ ९८ पैशा निकासा बजेट मध्य ४३ करोड २० लाख ६८ हजार ८ सय ३१ रूपैयाँ ३१ पैशा खर्च भएको हुदा ८५ दशमलव ७० खर्च प्रतिशत रहेको जानकारी दिए ।

जुम्लाका आठ स्थानीय तह मध्य तातोपानी गाउँपालिकाले आर्थिक वर्ष २०८१र०८२ को वित्तीय खर्च विवरण सार्वजनिक गरेको छ । अन्य स्थानीय तहले खाता बन्द गरे पनि खर्च विवरण सार्वजनिक गर्न सकेका छैनन् ।

प्रकाशित मिति : २०८२ असार २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस