ताम्ती स्वास्थ्य चाैकीद्वारा स्वयम् सेविकालाई स्वास्थ्य सामग्री हस्तान्तरण

जुम्ला ।ताताेपानी गाउँपालिका वडा नं ७ स्थित ताम्ती स्वास्थ्य चाैकीले महिला स्वास्थ्यय स्वयम् सेविकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकाे छ ।

स्वास्थ्य सेवाकाे कामलाई प्रभावकारी बनाउन र गाउँ गाउँमा स्वास्थ्य सेवाकाे पहुँच विस्तारका निम्ति चालू आर्थिक वर्ष २०८१/८२ मा विनियाेजित बजेटनुसार ओैषधी उपकरण हस्तान्तरण गरिएकाे ताम्ती स्वास्थ्य चाैकी ईन्चार्ज सन्ताेष मल्लले बताए ।

उनका अनुसार चालू आवम विनियाेजित ३ लाख बजेटबाट स्वास्थ्य चाैकीकाे ओैषधि तथा उपकरण खरिदमा गरी हस्तान्तरण गरिएकाे हाे ।

जसमा स्पाईनल बुक,बल्याक बाेर्ड,ताैल नाप्ने मेसिन लगायका उपकरण खरिद गरिएकाे छ । स्वास्थ्य चाैकी ईन्चार्ज मल्लले भने,’यस क्षेत्रका बिरामी, प्रसव अवस्थाका महिला हरूलाई स्थानीय स्वास्थ्य संस्थामा पुराई घरमा हुने सुत्केरी दर सँगै गम्भीर प्रकृतिको चोटपटकको जटिलता न्यूनीकरणमा सामग्री हस्तान्तरणले अवश्य टेवा पुग्ने अपेक्षा राखिएको छ ।’

खरिद गरिएकाे सामग्री आईतबाार स्वास्थ्य चाैकीमा एक कार्यक्रमका बीच महिला स्वास्थ्य स्वयम् सेविकालाई हस्तान्तरण गरिएकाे छ । ताम्ती स्वास्थ्य चाैकी मातहत विभिन्न गाउँमा रहेका ८ जना स्वयम् सेविकालाई ताताेपानी गाउँपालिका वडा नं ७ का अध्यक्ष तिलक रावतले हस्तान्तरण गरे ।

गाउँका बेतलबी डाक्टरका रुपमा परिचय पाएका स्वयम् सेविकाहरुलाई स्वास्थ्य सामग्री पाएसंगै सेवा प्रभावकारी हुने अपेक्षा गरिएकाे अध्यक्ष रावतकाे भनाई छ ।

वडाध्यक्ष रावतले भने,’सिमित स्राेत साधनले असिमित आबश्यकता पूरा गर्नु पर्ने बाध्यता छ । यदपी स्वास्थ्य क्षेत्रमा प्रथामिकता दिईरहेका छाै । सामग्री पाएसंगै अब गाउँमा सहज र प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध हुन्छ ।’

स्वास्थ्य संस्थाकाे सामाजिक परिक्षण गर्दा ताताेपानीका अधिकांश स्वयम् सेविकाले स्टेचर अभाव रहेकाे गुनासाे गरेका थिए । ताम्ती स्वास्थ्य चाैकीले भेरीखाेला क्षेत्रका सबै स्वयम् सेविकालाई स्टेचर लगायतका उपकरण हस्तान्तरण गरेकाे छ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस