अपांगता भएका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण

जुम्ला – कर्णाली माध्यामिक विद्यालय अनामनगरका अपांगता भएका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान जुम्लाका स्वयंसेवी समूह एएमआर क्लबका विद्यार्थील बहिरा आवासीय विद्यालयमा अध्ययनरत अपांगता भएका बालबालिकालाई स्वास्थ्य सामग्री वितरण गरिएको हो ।


दैनिक जीवनमा सरसफाइ र स्वास्थ्यको महत्वका विषयमा सचेतीकरण गर्ने उद्देश्यले स्वास्थ्य सामग्री वितरण गरिएको एएमआर क्लबका अध्यक्ष प्रदिप नारायण जोशीले बताए । “हामीले बहिरा बालबालिकाको आवश्यकतालाई सम्बोधन गर्दै व्यक्तिगत सरसफाइमा सहयोग पु¥याउने प्रयत्न गरेका हौं,” अध्यक्ष जोशीले भने । वितरण गरिएको सामग्रीमा टूथपेस्ट, ब्रस, साबुन, नेलकटर, टोकरी र रुमाल रहेका छन् । प्रत्येक विद्यार्थीलाई २१० रुपैयाँ बराबरको स्वास्थ्य सरसफाईका सामग्री वितरण गरिएको हो ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एएमआर क्लबले विगतमा पनि विभिन्न सामाजिक उत्तरदायित्वका स्वयंसेवी कार्यक्रम गर्दै आएको छ । सरसफाइ, संक्रमण नियन्त्रण र जनचेतनामूलक गतिविधिलाई प्राथमिकतामा राख्दै क्लबले अन्य विद्यालयमा पनि यस्ता कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २०८२ असार ३२ गते बुधवार
प्रतिक्रिया दिनुहोस