जुम्ला । कर्णाली रामजमार्ग अन्तर्गत जुम्ला खण्डमा गरेकाे कालाेपत्रे उप्कीएकाे विषय अहिले चर्चामा छ । सडक डिभिजन जुम्ला मार्फत उज्वल सानदार जेभी निर्माण कम्पन्नीले गरेकाे कालाे कालेपत्रे उप्कीएकाे हाे ।
ठेकेदारले गुणस्तरहिन कालाेपत्रे गरेकाे भन्दै स्थानीयले आक्राेस पाेखिरहेका छन् । राजमार्ग अन्तर्गत जुम्ला-नाग्म खण्डकाे ट्राफिक नजिककाे सडकमा गरेकाे कालाेपत्रे उप्कीएकाे हाे ।
२ सय टनकाे राेलर लगाएर गरिएकाे पिच स्थानीयले हातलेनै उप्काएका छन् । उक्त उप्कीएकाे कालाेपत्रे घटनाका विषयमा जुम्लाका राजनीतिक दलहरुले चासाे देखाएका छन् ।
राष्टि्य स्वतन्त्र पार्टीका जिल्ला संयाेजक मक्कर बहादुर भण्डारीले उक्त कालाेपत्रे सडकका विषयमा सिडिओ संग छलफल राखिएकाे बताए ।
उनका अनुसार जिल्लाका सबै दलहरुले ११ बजेपछि उप्कीएकाे कालाेपत्रेका विषयमा गम्भीर छलफल गरिने छ । छलफलबाट सत्य तथ्य बुझ्ने प्रयास गरिने छ ।
निर्माण कम्पन्नीले पहिलाकै पिच राम्राे नभएकाले उप्कीएकाे र काम गर्ने समय रहेकाले त्याे सबै फालेर नयाँ हाल्ने बताएकाे छ ।



