जुम्ला । ताताेपानी गाउँपालिका वडा नं ६ स्थित हियाखाेलामा रहेकाे कालिका आधारभूत विद्यालयमा सुविधा सम्पन्न पूर्वाधार निर्माण भएका छन् ।
कुनै बेला भवन नहुँदा एकै कक्षा काेठामा काेचिएर पढ्नु पर्ने बाध्यता भाेगि रहेकाे उक्त विद्यालयमा हाल सुविधायुक्त संरचना निर्माण भएका हुन् ।
सुविधायुक्त कक्षा काेठादेखि खेलाैना घर निर्माण भएपछि विद्यार्थीलाई राहत भएकाे छ । यसैबीच कालिका आविमा निर्माण भएका पूर्वाधारकाे विहिबार उद्घाटन गरिएकाे छ ।
कालिका आवि विद्यालयमा निर्माण भएका नमुना भान्सा घर,दुई काेठे भवन र बालबालिकाका खेलाैना घरकाे उद्घाटन गरिएकाे हाे ।
कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाही र ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईले निर्माण भएका पूर्वाधारहरुकाे संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

संघिय सरकारकाे १६ लाख सहयाेगमा दुई काेठे पक्की भवन,ताताेपानी गाउँपालिकाकाे पहल तथा यूएन डिपीकाे सहयाेगमा १६ लाख र सामाजिक विकास कार्यालय जुम्लाकाे २० लाख सहयाेगमा खेलाैना घर निर्माण भएकाे कालिका आविका विव्यस अध्यक्ष डिल्ली कामीले बताए ।
कर्णालीकै कान्छा विव्यस अध्यक्ष समेत रहेका कामीले भने,’विद्यालयकाे शैक्षिक पूर्वाधार निर्माण ताताेपानी गाउँपालिकाकाे अर्थपूर्ण सहयाेग छ । उमेर सानाे भएपनि सबैकाे साथ सहयाेगले विद्यालयमा काम ठुलाे भएकाे अनुभूति भईरहेकाे छ । अब शैक्षिक गुणस्तरमा जाेड दिईने छ ।’
ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाईले विगतमा शिक्षा क्षेत्रमा कमजाेर हियाखाेला स्कुल अहिले पालिकाकै नमुना बनेकाे बताए ।यहाँका अभिभावक तथा विव्यवस अध्यक्ष डिल्ली कामीकाे सक्रियताले कालिका आवि नमुना बनेकाे उल्लेख गरे ।

उनले भने,’भवन निर्माणले मात्रै विद्यालय सुधार सम्भव नहुने भएकाले शैक्षिक गुणस्तरमा ध्यान दिन जरुरी छ । विगतमा भवनकाे अभाव हुने उक्त विद्यालयाा पालिकाकाे समन्वयमा लाखाैका पक्की संरचना बनेका छन् ।’
पालिकाले शिक्षा क्षैत्रमा विशेष प्रथामिकता दिददै आएकाे उल्लेख गरे । कर्णालीमै पहिलाे पालिकाका रुपमा दिवा खाजा कार्यक्रम संचालन गरेकाे ताताेपानीले दिवा खाजा प्रर्वद्दन गरेकाे छ । विगतमा जंगफुडमा मात्रेै खर्च हुने कराेडाै बजेट अहिले अर्गानिक दिवा खाजामा लगानी भएकाे अध्यक्ष चाैलागाईले बताए।
२ काेठे विद्यालय भवन,एउटा नमुना माटाेले मात्र बनेकाे भान्साघर,साना खेलाैना घरकाे समेत उद्घाटन गरिएकाे छ ।
कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शैैक्षिक क्षेत्रमा आर्थिक भाेैतिक संरचना झेलिरहेकाे दुर्गमकाे विद्यालयमा सुविधायुक्त पूर्वाधार बनेकाेमा खुसी व्यक्त गरे ।
उनले भने,’संघ प्रदेश,स्थानीय तह र दातृ निकायकाे सहयाेगमा विद्यालयकाे शैक्षिक,प्रशासनिक तथा भाैतिक विकासमा उल्लेखीय काम भएका छन् । अब पूर्वाधार मात्र बनाउने हाेईन गुणस्तरीय शिक्षा प्रदानमा जाेड दिन जरुरी छ।’

एक्लैकाे प्रयासले विद्यालय सुधार सम्भव नभएकाेले सबै अभिभावककाे सकरात्मक सहयाेग आबश्यक रहने उल्ले गरे । कालिका आविका विव्यस अध्यक्ष डिल्ली कामीले आफ्नाे सम्पूर्ण समय र उर्जा विद्यालय सुधारमा खर्चिएका छन् ।
दैनिक पालिकामा समन्वय गर्ने भवन बनाउने,छापामय कक्षा काेठा बनाउने,शिक्षकहरुकाे क्षामता विकास लगायतका काम निरन्तर गरिरहेका छन् । उनकाे यहि मेहनतले कालिका आवि ताताेपानीकै उत्कृष्ट विद्यालय समेत घाेषित भएकाे छ



