तातोपानीका दुई युवा नेता एमाले छाेडेर कांग्रेसमा प्रवेश

 जुम्ला । तातोपानी गाउँपालिका दुई यूवा एमाले पार्टी परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । लामाे समयदेखी नेकपा एमालेकाे सक्रिय राजनीतिमा आवद्व दुई यूवा काँग्रेसमा प्रवेश गरेका हुन् ।

ताताेपानी गाउँपालिका वडा नं ६ का लाल बहादुर विष्ट र ताताेपानी गाउँपालिका वडा नं २ का मिम शाही एमाले छाेडेर काँग्रस छाेडेर काँग्रेसमा प्रवेश गरेकाे ताताेपानी गाउँपालिका वडा नं ५ का अध्यक्ष छिरिङ महतले बताए । वडाध्यक्ष महत र काँग्रेसका यूवा नेता तिर्थ न्याैपानेकाे राेहवरमा दुई यूवालाई काँग्रेसमा स्वागत गरिएकाे हाे 

तातोपानी गाउँपालिका–६ निवासी लालबहादुर बिष्ट विगत १४ वर्षदेखि एमालेको इलाका सचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए। भने बिष्ट २०६४ सालदेखि एमालेको राजनीतिमा सक्रिय थिए।

त्यसैगरी, तातोपानी गाउँपालिका–२ निवासी मीनबहादुर शाही पनि ६४ साल देखि एमालेको शिक्षक संगठनमा आवद्ध हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए। उनले अबको बिशेष  राजनीतिक जीवन कांग्रेसमै समर्पित रहने जनाउँदै मुलधारको लोकतान्त्रिक राजनीतिमा विश्वास रहेको स्पष्ट पारे।

तातोपानी क्षेत्रमा एमालेको बलियो संगठनात्मक उपस्थिति रहँदै आएको अवस्थामा दुई पुराना नेताको कांग्रेस प्रवेशलाई राजनीतिक रूपमा महत्वपूर्ण मानिएको छ काँग्रेस पार्टी स्राेतले बताएकाे छ ।

प्रकाशित मिति : २०८२ साउन १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस