जुम्ला – नेपाल तरुण दल जुम्लाको अध्यक्षमा हेमबहादुर बुढ्थापा चयन भएका छन् । सर्वसहमतिमा बुढ्थापामा अध्यक्षमा चयन भएको हुन् । यस्तै उपाध्यक्षमा रतनबहादुर शाही र माधवराज शर्मा चयन भएका छन् ।
सचिवमा कृष्णप्रसाद उपाध्याय, सहसचिवमा कमलबहादुर बोहोरा र कोषध्यक्षमा डिल्लीप्रसाद उपाध्याय चयन भएका छन् । यस्तैमा पार्षदमा धनश्याम थापा र जगतबहादुर शाही चयन भएका छन् । महिला पार्षदमा चन्द्रिका बस्नेत चयन भएकी छन्
महाधिवेशन प्रतिनिधि (खुला) संचिव रावल र सुमन खड्का चयन भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा (महिला) पार्वती महतारा, (समावेशी) गोमा नगरकोटी, (खस आर्य) भरतबहादुर शाही, (जनजाती) राजेन्द्र श्रेष्ठ, (दलित) भैरव बहादुर सिकर्मी, (पिछडिएको क्षेत्र) कमल बस्नेत चयन भएका छन् । विकास शाही र सन्देवी सन्ज्याल पनि चयन भएका छन् । कार्यसमिति सदस्य खुला तर्फ विशाल चौलागाई, शेरबहादुर रावत, लोकबहादुर शाही र मनोज अधिकारी चयन भएका छन् ।
महिला सदस्य तर्फ ममता बोहोरा, निर्मला शाही र देविचन्द्रा धराला चयन भएकी छन् ।
खस आर्य सदस्यमा लक्ष्मी प्रसाद सन्ज्याल, जनजाती सदस्यमा पाल्जोर लामा, दलित पुरुष सदस्यमा भरत नेपाली र पिछडिएको क्षेत्रबाट जनक भट्टलाई चयन गरिएको निर्वाचन मण्डलले जनाएको छ ।



