डाेल्पाकाे ठूली भेरी नदीमा सतर्कता तह पार, सचेत रहन आग्रह

जुम्ला । डोल्पास्थित ठूली भेरी नदीले सतर्कता तह पार गरेको छ । त्रिपुराकोट जलमापन केन्द्रमा ठूली भेरी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “साउन २० गते, दिउँसो ६:०६ बजे डोल्पास्थित ठूली भेरी, त्रिपुराकोट जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्रमा रहनुहुनेहरूले सतर्कता  अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह समेेत गरिएकाे छ ।

प्रकाशित मिति : २०८२ साउन २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस