जुम्ला । जुम्लामा बृहत्त सरसफाई अभियान सुरु भएकाे छ । पर्यटकीय शहर जुम्ला खलंगालाई सफा र सुन्दर बनाउने लक्ष्यले बृहत्त सरसफाई अभियान सुरु गरिएकाे हाे ।
कर्मचारी मिलन केन्द्र,चन्दननाथ नगरपालिका र जिल्ला प्रशासन कार्यालय जुम्लाकाे संयुक्त आयाेजनामा सरसफाई अभियान थालिएकाे हाे ।
शुक्रबार विहानै कालेखाेली,जुगाड खाेला,अनामनगर लाईनमा नेपाली सेना,नगर प्रहरी शसस्त्र प्रहरी लगायतका जनशक्ति परिचालन गरेर सरसफाई थालिएकाे चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताए ।
जिल्ला स्थित सम्पूर्ण सरकारी तथा गैर सरकारी निकायका कर्मचारी,नगरबासी,सुरक्षाकर्मी लगायतकाे सहभागितामा रहेक शनिवार सरसफाई गर्ने गरि अभियान थालिएकाे कर्मचारी मिलन केन्द्र जुम्लाका अध्यक्ष टाेप बहादुर बुढाले बताए ।
उनले भने,’जुम्ला आफैमा पर्यटकीय शहर हाे । जात्रा नजिकीदै छ । सरसफाई अभियान चेतना विस्तारकाे एक माध्यम पनि हाे । बजारका सबै क्षेत्रमा सरसफाई गरिने छ ।’
जुम्ला बजारकाे अस्पताल लाईन, जुगाड खाेला, बसपार्क, कालेखाेली लगायतकाे स्थानमा टाेली परिचालन गरेर सरसफाई भईरहेकाे छ ।
भने चन्दननाथकाे डाेजर र ट्याक्टर प्रयाेग गरेर फाेहाेर संकलन भईरहेकाे छ । जुम्लामा लाग्ने कर्णालीकै लामाे कृष्ण जन्माअष्टमी जात्रालइ लक्षित गरि सरसफाई अभियानलाई निरन्तरता दिईने छ ।



