शसस्त्र प्रहरी बल जुम्लाकाे ११ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाईयाे

जुम्ला । जुम्लामा रहेकाे शसस्त्र प्रहरी वल नेपाल नं.३३ गण हेड क्वाटर त्रिपुरा जुम्लाकाे ११ ओैँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरि मनाईएकाे छ ।

साविक कर्णालीलाई समेट्ने गरि शसस्त्र प्रहरी बल जुम्लामा स्थापना भएकाे ११ वर्ष पुगेकाे उपलक्ष्यमा साेमबार आयाेजित विशेष समाराेह गरि मनाईएकाे हाे ।

दिवसका अबसरमा उत्कृष्ट कार्य गर्ने,विभिन्न प्रतियाेगितामा उत्कृष्ट स्थान हासिल गर्ने शसस्त्र प्रहरीलाई सम्मान तथा पुरस्कृत गरिएकाे छ ।

कार्यक्रमका प्रमुख अतिथि शसस्त्र प्रहरी बल नेपालका बरिष्ठ उपरिक्षक तथा महेश्वरी बाहिनीका निमित्त बाहिनीपति विनाेदराज श्रेष्ठले उच्च पेशागत काैहसलता प्रदान गरि जुम्लामा शसस्त्र प्रहरीले आफ्नाे पेशागत जिम्मेवारी पूरा गरिरहेकाे बताए ।

जनताकाे शान्ति सुरक्षा संगै शान्ति न्याय,सिमा सुरक्षा,राहत विपद व्यवस्थापनमा शसस्त्र प्रहरीले छाेटाे समयमा उल्लेखीय काम गरेकाे छ । उनले भने,’ व्यक्तिगत स्वार्ग भन्दा माथि उठेर देश जनताकाे हितलाई शिरमा राखी काम गर्नु शसस्त्र प्रहरीकाे मुख्य जिम्मेवारी हाे ।’

कुनै पनि अनुचित प्रभावमा नपरी संगठनले प्रदान गरेकाे जिम्मेवारीलाई कुशलतन पूर्वक पूरा गर्न समेत निर्देशन दिए ।
प्राकृतिक सम्भावनाले भरिपूर्ण जुम्लाकाे विकासमा फडकाे मार्दै गएकाे बताए । भाषा सास्कृति र सभ्यताले आफ्नाे परिचय बनाएकाे जुम्ला आफैमा एतिहासिक जिल्ला भएकाे उल्लेख गरे ।

शसस्त्र प्रहरी वल नेपाल नं ३३ गण हेडक्वाटर त्रिपुरा जुम्लाका प्रमुख गणपति निल कमल आर्चायले वार्षिक उत्सवमा सहभागी प्रमुख अतिथि, विशिष्ट महानुभाव तथा अतिथिलाई धन्यबाद ज्ञापन गरे ।

सिमित स्राेत साधनका बीच देश जनताकाे शान्ति सुरक्षा संगै सिमा सुरक्षा,विपद व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्दै आएका छाै ।

उनले भने,’वार्षिक उत्सव एक कार्यक्रम मात्र हाेईन् । कार्यक्षेत्रमा खटिएर कर्तव्य पालना गरिरहेका सबै दर्ताका शसस्त्र प्रहरीलाई हाैसला प्रदान गर्ने माध्यम पनि हाे । जसकाे निरन्तरता वर्षाै देखी गर्दै आएका छाै ।’

शसस्त्र प्रहरीकाे ११ वार्षिक उत्सवमा जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चाय,ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई,गुठिचाैर गाउँपालिका अध्यक्ष दान बहादुर बुढा,प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा,सुरक्षा निकायका प्रमुख लगायतकाे उपस्थिती रहेकाे थियाे ।

प्रकाशित मिति : २०८२ साउन २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस