जुम्ला । ताताेपानी गाउँपालिका स्तरीय बालिका तथा समावेशी शिक्षा संजालका पदाधिकारीलाई दुइदिने क्षामता विकास तालिम सुरु भएकाे छ ।
किर्डाक नेपालद्वारा संचालित सहयात्रा तेस्राे परियाेजनाकाे आयाेजनामा मंगलबारदेखी क्षामता विकास तालिम सुरु भएकाे हाे ।
शिक्षा क्षेत्रमा बालिकाकाे पहुँच बृद्वि गर्न तथा दलित,विपन्न तथा सिमान्तकृत समुदायका बालिकालाई शैक्षिक क्षेत्रमा प्रथामिकता दिने उदेश्यले सहयात्रा परियाेजना मार्फत ‘बालिका तथा समावेशी शिक्षा संजाल’ गठन गरिएकाे थियाे ।
बालिका तथा समावेशी शिक्षा संजालका पदाधिकारीकाे काम,कर्तव्य र जिम्मेवारीबारे प्रष्ट पार्न तालिमकाे आयाेजना गरिएकाे परियाेजना संयाेजक (शिक्षा) खेमराज लामिछानेले बताए ।
तालिम मार्फत संजालका पदाधिकारीलाई काम कर्तव्य र जिम्मेवारी प्रष्ट पारेर अपेक्षित उपब्धी हासिल गर्ने गरि काम गर्ने लक्ष्य छ ।
कार्यक्रममा ताताेपानीका जनप्रतिनिधि,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,प्रधानाध्यपक,पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे । तालि बुधबार समापन हुने छ ।



