कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे उपकूलपतिमा डाक्टर पुजन राेकाया नियुक्त

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाकाे उपकूलपतिमा डाक्टर पुजन राेकाया नियुक्त भएका छन् ।
विगत १० वर्षदेखी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा दिईरहेका डाक्टर राेकाया प्रतिष्ठानकाे उपकुलपतिमा नियुक्त भएका हुन् ।

डाक्टर राेकाया जुम्लाकै स्थानीय हुन् । प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टर पुजन राेकाया सहित देशका चार प्रतिष्ठानका उपकुलपति नियुक्त गरेका छन् ।

प्रधानमन्त्री कार्यालय स्राेतका अनुसार पाेखराका उपकुलपति डा भरत खत्रीले नियुक्ति पत्र बुझेका छन्, अन्य तीन जनालाई बुधबार बिहान बाेलाइएकाे छ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका लागि प्राडा विक्रम प्रसाद श्रेष्ठले बाजी परेका छन्।

पाटन स्वास्थ्य विज्ञानको लागि प्राडा बुद्धि पौडेल नियुक्त भएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि प्राडा भरत बहादुर खत्रीले पत्र पाएका छन्।

सरकारले स्वास्थ्यमन्त्री पौडेलको संयोजत्वमा असार ४ गते सर्च कमिटी गठन गरेको थियो ।

उक्त कमिटीको अन्य सदस्यहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटा र राष्ट्रिय योजना आयोगका सदस्य डा आरपी बिच्छा सदस्य थिए।  

प्रकाशित मिति : २०८२ साउन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस