कनकासुन्दरीमा विपद् व्यवस्थापन र प्रथामिक उपचारबारे दुईदिने तालिम सम्पन्न

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा विपद व्यवस्थापन एवं आधारभूत प्राथमिक उपचार प्रशिक्षण सम्वन्धी दुईदिने तालिम सम्पन्न भएको छ । नागरिकलाई विपद् व्यवस्थापन तथा आधाभूत प्रथामिकता उपचाबारे सचेत गराउन आयोजित दुई दिने तालिम सम्पन्न भएको हो ।

प्लान ईन्टरनेशनल नेपालको सहयोग, क्याड नेपाल जुम्लाको सहजिकरण, कनकासुन्दरी गाउँपालिका अन्र्तगत बिपद शाखाको समन्वय र नेपाल रेडक्रस सोसाईटि जिल्ला शाखा जुम्ला र कर्णाली प्रदेश प्रहरी विपद व्यवस्थापन गुल्मका प्राबिधिक सहयोगमा कनकासुन्दरीको गोठिज्युलामा श्रावण ३० र ३१ गते तालिमको आयोजना गरिएको थियो ।

स्थानीय यूवा तथा सरोकारवालालाई आपतकालिन प्रतिकार्य क्षामतालाई दृढ बनाई विपद जोखिम न्यूनिकरणमा सबैको हातोमालो गर्ने तालिमको उदेय रहेको परियोजना संयोजक राजेश प्रकाश यरीले बताए । उनका अनुसार तालिममा स्थानीय यूवा यूवती,जनप्रतिनिधि लगायत अन्य सरोकारवाला गरी २८ जनाको सहभागिता थियो ।

आपतकालिन अवस्थामा प्रभावकारी रुपमा काम गर्न सकिने सिप विकास गर्न सहयोग पुर्याउने व्यावहारीक अनुकरण (प्राक्टिकल सिमुलेसन) समेत तालिममा समाबेश गरिएको थियो । तालिममा सहभागीहरुलाई विपदको परिचय,प्रकार,विशेषता,विपद व्यवस्थापनका चक्र,जल उत्पन्न प्रकोपको परिचय,स्थानीय श्रोत साधनबाट विपद सम्वन्धि उद्दार सामाग्री कसरी बनाउन सकिन्छ,अग्नि नियन्त्रण सम्वन्धमा ज्ञानसिप लगाएतको प्रशिक्षण दिईएको थियो ।

यस्तै कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आर्चायले कार्यक्रमको आयोजना गर्ने क्याड नेपाल जुम्लालाई विशेष धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा गाउँपालिका स्वयमले यस्ता कार्यक्रमको समन्वय एवं आयोजना गर्ने बताए ।
तालिममा सहभागी भएकी रोशनी बुढाले थोरै ज्ञान मात्र पनि ज्ञान नहुदाँ विपदजन्य घटना बढिरहेको बताउँदै दुई दिनको तालिम पश्चात आफु गाउँघरमा हुने विपद सम्वन्धिका घटनाहरु लाई न्युनिकरण गर्न सक्ने अवस्थामा पुगेको बताईन् ।

समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर प्रसाद आचार्य, उपाध्यक्ष प्रेमकली बुढा, वडा नं १ का वडा अध्यक्ष भिम बहादुर भण्डारी, वडा नं. ५ का वाड अध्यक्ष बिष्णु बडुवालक्याड नेपाल जुम्लाका कार्यकारी निर्देशक धन बहादुर गौतम लगाएत विपद व्यवस्थापनको तालिम दिने सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको थियो। ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस