जुम्ला । बह्रमा कुमारी ईश्वरीय विश्व विद्यालय ओम शान्ति जुम्लाद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रक्तदान गरिएकाे छ ।
विश्व बन्धुत्व दिवस तथा राज्ययाेगिनी दादी प्रकाशमणी ज्यूकाे १८ ओैँ पुण्य तीथिकाे अबसरमा शुक्रबार विहान प्रतिष्ठानकाे प्रांगणमा रक्तदान गरिएकाे हाे ।
जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायकाे प्रमुख आतिथ्यततामा रक्तदान सुरु गरिएकाे हाे ।
प्रतिष्ठान स्थापनाकाे डेढ दशक बढी समय बितिसक्दा पनि ब्लड बैंक स्थापना नहुँदा नागरिकले पाएकाे सास्तीलाई ब गर्दै विभिन्न समयमा रक्तदान हुँदै आएकाे छ । भने पटक पटक रगत अभावले सुरक्षा निकाय धाउनु पर्ने बाध्यता छ ।
यीनै समस्या र बाध्यतालाई मध्यनजर गरी अस्पतालमा आउने विरामीकाे राहतका लागि रक्तदान कार्यक्रम आयाेजना गरिएकाे बम्रा कुमारी ईश्वरीय विश्व विद्यालय जुम्लाका संचालिका मिना रानाभाटले बताईन् ।
उनका अनुसार विश्वभरीनै विश्व बन्धुत्व दिवसकाे अबसरमा रक्तदान भईरहेकाे छ । उनले भनिन,’रक्तदान भनेकाे जीवन दान हाे । नेपाल भारत लगायतका देशमा आज रक्तदान हुदैँ छ । याे पुण्यकाे काम हाे । सबैले हाताेमालाे गरिदिन अनुराेध छ ।’
अहिले रक्तदान कार्यक्रम सुरु भएकाे र कति प्वाईन्ट रगत जम्मा भयाे भन्ने विषयमा पछि जानकारी गराईने अभिनन्द चाैलागाँईले बताए ।



