जुम्ला । जनता माध्यमिक प्राविधिक विद्यालयका प्रधानाध्यापक हरिकृष्ण महतकाे जन्मदिनमा विपन्न बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेर मनाईएकाे छ ।
प्रधानाध्यापक महतकाे शुक्रबार परेकाे ५० ओैँ जन्मउत्सवका अबसरमा विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न, दलित, अनाथ तथा शारिरिक रुपमा अशक्त बालबालिकालाई शैक्षिक सामाग्री तथा कपडा वितरण गरिएकाे हाे ।
जन्मदिनका नाममा हुने फजुल खर्चलाई विपन्न बालबालिकाकाे राहतका लागि लगानी गरेर प्रधानाध्यापक महतले अनुसरण याेग्य सन्देश दिएका छन् ।
विद्यार्थीकाे समस्या पहिचान गरि आबश्यकतानुसारकाे सामाग्री सहयाेग गरिएकाे छ । जसमा कापी, कलम, ईरेजर, झाेला, जुत्ता, कपडा, टाई, स्वीईटर लगायतका शैक्षिक सामाग्री र कपडा सहयाेग प्रदान गरिएकाे हाे ।

एक लाख ५० हजार लागत बराबरकाे शैक्षिक सामाग्री तथा कपडाहरु ७० जना विपन्न बालबालिकालाई वितरण गरिएकाे हाे । आबश्यकतानुसारकाे सहयाेग सामग्री प्राप्त गरेपछि विपन्न बालबालिका उत्साहित भएका छन् ।
शैक्षिक क्षेत्रकाे विकास र उन्नयनका लागि दुई दशक बढी समय खर्चिएका महतले विभिन्न चुनाैती र अभावका बीच जनता माध्यमिक विद्यालयलाई जिल्लाकै नमुना बनाएका छन् ।
विद्यालयकाे शैक्षिक,प्रशासनिक तथा भाैतिक अबस्था उल्लेखीय रुपमा सुधारमा समेत उनले उदाहरणीय काम गरेका छन् ।
प्रधानाध्यापक महतले आफ्नाे दुई दशक बढी समय शैक्षिक सुधार र विकासमा मात्र खर्चिएका छैनन् । सामाजिक रुपान्तरण तथा सेवामा समेत निरन्तर खटिएका छन् ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बाेल्दै प्रधानाध्यापक हरिकृष्ण महतले आफू पनि अभाव र संघर्षबाट माथि उठेकाे भन्दै किताब,कापी कलम कपडा अभावले काेही बालबालिका शिक्षाबाट बन्चित नहुने भन्ने साेचले सहयाेग प्रदान गरेकाे बताए ।
मैले जन्मदिनमा हुने सबै खर्च सहयाेग तथा राहतमा लगानी गर्ने याेजना बनाएकाे छु । उनले भने,’याे अभियानकाे सुरुवात हाे । अब हरेक वर्ष विपन्न गरिब,जेहेन्दार बालबालिकालाई राहत प्रदान गरिने छ । कपडा नहुनेलाई कपडा,शैक्षिक सामाग्री नहुने शैक्षिक सामाग्री उपलब्ध गराई विद्यालय पहुँचमा पुराईने छ ।’
साथै चाडै आफुले हाेटल व्यवसाय संचालन गर्न लागेकाे र हाेटलकाे आम्दानीकाे केही हिस्सा निरन्तर गरिव विपन्न बालबालिकाकाे शैक्षिक अबस्था सुधारका लागि लगानी गर्ने प्रतिबद्वता गरे ।
जनता माविका विव्यस अध्यक्ष कमल बहादुर महतले जन्मदिनमा लाखाैकाे सामाग्री सहयाेग गर्नु भएकाेमा धन्यबाद दिए ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चाैलागाईले जन्मदिनकाे नाममा हाेटलमा पार्टी खाएर फजुल खर्च गर्न जनमानस बढेकाे बेला उदाहरणीय रुपमा गरिब जेहेन्ददार बालबालिकालाई सहयाेग हस्तान्तरण गरेकाेमा धन्यबाद दिए ।
विद्यार्थीकाे समस्या पहिचान गरी, समस्या र अभाव बुझेर प्रदान गरिएकाे सहयाेग बालबालिकालाई राहत पुग्ने विश्वास व्यक्त गरे ।



