अज्ञात समुहद्वारा ताताेपानी-४ काे वडा कार्यालयमा चाेरी

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं .४ काे कार्यालयमा अज्ञात व्यक्तिले चाेरी गरेका छन् । शुक्रबार राती अन्दाजी २ बजेकाे समयमा अज्ञात समुहद्वारा ताताेपानी-४ कार्यालय र हाँकु स्वास्थ्य चाैकीकाे कार्यालयमा चाेरी भएकाे हाे ।

शनिवार बिहान ८:०० बजेतिर वडा कार्यालय सहयाेगीले वडा कार्यालयकाे अध्यक्ष कार्यकक्ष र स्टाेरकाे ढाेका खुल्ला भएको देखेपछि वडा अध्यक्ष लाई फाेन भएको र तत्काल प्रहरी चाैकी हाकु ऐरेनी लाई टेलिफोन बाट जानकारी गराएका थिए ।

जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चाैकी हाकुबाट खटिएको अनुसन्धान टाेली र वडा जनप्रतिनिधि द्वारा घटना स्थलकाे निरिक्षण गर्दा वडा अध्यक्षकाे कार्यकक्ष र स्टाेर कक्षकाे ढाेका फुटाली भित्र रहेका सामनहरु डेल कम्पन्नीकाे ल्याप्टप एकथान, रर्याक भित्र राखेकाे राष्ट्रिय झण्डा दुईथान, गिडिदहकाे चित्रअंकित भिजिलिटी टिर्सट ३२ थान थान, नुन अनुमानित पाेका ३० र नुन बिक्री गरेर रर्याक भित्र राखिएकाे नगद रु ११ हजार तीन सय चाेरी भएकाे वडाले जनाएकाे छ ।

वडा कार्यालय भवनकाे तल्लाे तला प्रशासन फाँटकाे मुल ढाेकामा लगाएकाे ठुलाे साचाे ताेड्ने प्रयास गरेकाे तर साँचाे ताेड्न नसकेकाे देखिएकाे छ ।

साथै यसै वडा स्थित हाकु स्वास्थ्य चाैकीमा पनि सबै काेठाका ढाेकामा लगाएकाे साचाेेहरु फुटाली सबै काेठाहरुमा छिरेर स्वास्थ्य चाैकीमा भएका सामानहरु छरपस्ट पारेकाे देखिन्छ ।

शनिवार हुदा कर्मचारी नभएकाले वास्तविक के कति समानहरु थिए र अबस्था के छ भन्ने विवरण प्राप्त हुन नसकेको ले भाेली मात्रै थप विवरण आउने छ ।

दिनानुदिन गाउँ समाजमा चाेरी, लुटपाट जस्ता अराजक गतिविधि बढ्दै गएकाेले आम नागरिकहरुले आफ्नाे घर सम्पतीकाे नियमित निगरानी गर्नुहुन अनुराेध समेत गरिएकाे छ

साथै यश वडा क्षेत्रका गाउँ बस्तिहरुमा रात्री ११ बजे पछि काेही कसैले बाहिर हिडडुल नगर्न र साे समयमा कुनै कतै हाेहल्ला भएमा, संकास्पद मानिनहरु भेटे देखेमा नजिकैकाे प्रहरी चाैकी हाँकु ऐरेनीमा सम्पर्क गर्न अनुराेध गरिएकाे छ ।

प्रकाशित मिति : २०८२ भाद्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस