कालेखाेलामा सडक भत्कियाे,कर्णाली राजमार्ग अबरुद्व

जुम्ला । कर्णाली राजमार्ग अबरुद्व भएकाे छ । अविरल वर्षापछि सडक भत्कीएपछि राजमार्ग अबरुद्व भएकाे हाे । कर्णाली राजमार्गकाे जुम्ला- कालिकाेट सडक खण्डक अन्तर्गत कालिकाेट खाँडाचक्र नगरपालिका वडा नं २ स्थित कालेखाेलामा सडक भत्कीएकाे छ ।

कालिकाेट प्रहरीका अनुसार कालेखाेलामा सडककाे ठुलाे भाग भत्कीएपछि गाेरेटाे बाटाे मात्रै रहेकाे र सवारी आवागमन दुबै तर्फी पूर्ण रुपमा बन्द भएकाे छ ।

सडक सुचारु गर्नका लागि तत्कालक भत्कीएकाे क्षेत्र पुर्ननिर्माण भन्दा भिड फाेड्नु पर्ने देखिएकाे छ । यता सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चाैधरीले अबरुद्व सडक खुलाउन सडक डिभिजनले जनशक्ति मेसिन परिचाल गर्ने तयारी गरेकाे बताए ।

उनले भने,’भिडनै फाेड्नु पर्ने देखिएकाेले जुम्लाबाट ब्रेकर पठाउने तयारी छ । सानाे डाेजरले काम गर्ने देखिएन् । जानकारी पाए लगत्तै अबरुद्व खुलाउन लागि परेका छाै ।’

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस