सरकारकाे हस्तक्षेप विरुद्व नीजि विद्यालय आन्दाेलनमा

जुम्ला । देश भरसंगै जुम्लाका नीजि विद्यालयहरु पनि सरकारकाे विभेदकारी शिक्षा नीति विरुद्व सडक आन्दाेलनमा उत्रिएका छन् ।

सरकारले आफुमाथि दमन गरेको हो भन्दै सडकमा उत्रिएका छन । नीजि बिद्यालयका शिक्षकहरु शिक्षा विधेयक मा समावेश गरिएका कानुनी बिषय प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

प्याप्सनकाे नेतृत्वमा जुम्ला विहिबार प्रर्दशन गरिएकाे थियाे । भने विद्यालयहरु बन्द गरिएकाे थियाे ।संसदको शिक्षा, स्वास्थ्य,सुचना तथा प्रविधि समिति मा अन्तिम चरणमा भएको छलफल र त्यहा प्रस्तुत भएका विचारले नीजि विद्यालय आक्राेसित भएका छन् ।

प्रर्दशनमा जुम्ला जिल्लाका‌ १४ वटा नीजि बिद्यालय हरु का शिक्षक सहभागि भएका थिए । सबै निजी विद्यालयहरुको आर्थिक भौतिक यवम व्यबस्थापकिय अवस्था समाना नभएको देशको सबै भुभागमा आवश्यकता अनुसार स्थापना भई संचालन मा रहेका विद्यालयहरुमा सामान्यता संचालन लागत समेत उठाउन संघर्ष गरिरहेको परिस्थितिमा यो व्यवस्था अत्यन्तै अव्यवहारिक हुने हुदा यस विषय प्रति हाम्रो गम्भिर असहमति रहेको जनाईएकाे छ ।

शिक्षा ऐन मार्फत सरकारले नीजि विद्यालय माथि हस्तक्षेप गर्न खाेजेकाले आन्दाेलनमा उत्रिएकाे प्याप्सनले जनाएकाे छ । नीजि विद्यालयमा पढेकाले छात्रबृत्ति नपाउने जस्ता विदेभकारी नीति तत्काल संशाेधन नभए कडा आन्दाेलन हुने समेत चेतावनी दिईएकाे छ ।

जुम्ला जिल्लाका निजि बिद्यालय का शिक्षक हरु ले अन्दोलन भन्दा अघिनै चन्दननाथ नगरपालिका, प्रसासन, शिक्षा समन्वयमा मा ग्यापन पत्र बुझाएका हुन
तत्काल सच्याउनु पर्ने विषयहरु :

  • निजि विद्यालयहरुलाई क्रमश गैर नाफा‌मुलक बनाईनेछ भन्ने वाक्यांश हटाउनु पर्ने ।
  • पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाउनु पर्ने ।
  • हाल अभ्यासमा रहेको जम्मा बिधार्थी संख्याको १०% छात्रवृत्ति दिने प्रावधानहरू निरन्तरता दिईने।
  • छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क, मासिक पढाई शुल्क कायम हुनुपर्छ।

प्रकाशित मिति : २०८२ भाद्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस