जुम्लाकोट र पुरुगाउँका सवै बालबालिका पोषणयूक्त

पाँच वर्षमुनिका २८१ जना बालबालिका मध्ये तीन महिना अघि तीन जना बालबालिका कुपोषित थिए । अहिले सवै बालबालिका पोषणयूक्त भएका छन्

जुम्ला -तिला गाउँपालिका – ८ जुम्लाकोट गाउँकी बेलपुरा बस्नेतकी बच्चा शोभन बस्नेतलाई कुपोषण भएको थियो । उनी तीन महिना अघि कुपोषित भएकी थिइन् । उनी अहिले पोषणयूक्त भईसकेकी छन् ।
यस्तै धनकला बस्नेकी छोरी प्रतिक्षा बस्नेत पनि कुपोषित थिइन् । उनी पनि अहिले पोषणयूक्त भईसकेकी छन् । कोशिला रावतको छोरा प्रिन्स रावत पनि कुपोषित थिए । उनीहरु सवै बालकालिका तीन महिना अघि कुपोषित भए । तर अहिले सवै बालबालिका कुपोषण मुक्त भईसकेका छन् ।
गाउँघरमा कलिलै उमेरमा विवाह गर्ने, बच्चा उन्माउने, खानपिनमा ध्यान नदिने जस्ता कारणले धेरैजसो बालबालिका कुपोषित हुने गरेका थिए । तर पछिल्लो यो समस्या हट्दै गएको छ । सरकारी तवरदेखि विभिन्न संघ संस्थाले अभिभावकलाई सचेतीकरण गर्दै गएपछि बालबालिकाको पोषणमा ध्यान देखिने देखिएको छ । जसका कारणले जुम्लाकोट र पुरुगाउँका सवै बालबालिका कुपोषण मुक्त भएका छन् ।
जुम्लाकोट स्वास्थ्य चौकीका सिनियर अहेव सिता सिंहका अनुसार यस स्वास्थ्य चौकी अन्र्तगत पुरुगाउँ र जुम्लाकोट गाउँ रहेको छ । यिनै दुई गाउँका सेवाग्राही अलवा अन्य गाउँका पनि विरामी आउने गर्दछन् । उनले भनिन् यो यिनै दुई गाउँका पाँच वर्षमुनिका कुनै पनि बालबालिका कुपोषण छैनन् । तीन महिना अघि तीन जना बालबालिका कुपोषित थिए । तर अहिले छैनन् । यो क्षेत्रका सवै बालबालिका सुपोषित भएपछि यो स्वास्थ्य चौकीलाई पोषणमैत्री घोषणा गरिएको छ ।
नेपाल सरकार, विश्व खाद्य कार्यक्रम र एमडिआई नेपालको समन्वयमा निरन्तर पौष्टिक आहारा वितरणले पनि बालबालिका पोषणमा सुधार पुगेको स्थानीय बताउन्छन् ।
तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढाले भनिन् सरकारी तवरदेखि गैरसरकारी संघ संस्थाले पोषणमा सुधार पुग्ने काम भएका छन् । वल्र्डभिजन र किर्डाक नेपालको सहयोगमा पाँच वर्षदेखि बाल संरक्षण, समुदायमा आधारित बाल स्पोनशरसीप र एकिकृत पोषण तथा उत्थालशिल जीविकोपार्जन परियोजना नै सञ्चालित छ । जसले बाल संरक्षणदेखि बालबालिकाको पोषणमा सुधार र समुदायको जीविकोपार्जन क्षेत्रमा काम गर्दै आएको छ ।
गाउँपालिकाको उपाध्यक्ष कार्यक्रम अन्र्तगत पनि गर्भवती, सुत्केरी र बालबालिकाको पोषण सुधारमा प्रत्यक्ष सहयोग पुग्ने खालका गतिविधि सञ्चालन गरेका छौँ । जसका कारणले अहिले यो क्षेत्रका पुरुगाउँ र जुम्लाकोट गाउँका पाँच वर्षमुनिका कुनै पनि बालबालिका कुपोषित छैन । यो पनि सामाजिक विकासको उपलव्धीका रुपमा लिएको उपाध्यक्ष बुढाले बताइन् ।
सवै सुचक पुरा भएपछि भदौँ २५ गते तिला गाउँपालिका – ८ नम्बर वडालाई बालमैत्री र पोषणमैत्री घोषणा गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले बताए । उनले भने, भौतिक विकास संगसंगै सामाजिक विकासलाई अगाडी लैजाने पर्छ भन्ने उद्देश्यका साथ पालिकाले योजना तर्जुमा गर्दै आएको छ ।
स्थानीय सचेतसंगै तोकिएका सूचक सबै पूरा भएपछि बालमैत्री तथा पोषणमैत्री वडा घोषणा गर्न थालिएको हो । घोषणा पूर्वको अन्तिम अनुगमन पनि गरिएको अध्यक्ष रोकायाले बताए । बालविवाह न्युनिकरण, पोषणमैत्री वडा, बालश्रम न्युनिकरण लगायतका क्षेत्रमा किर्डाकले गरेको सहयोग समन्वय सरानीय रहेको उनको भनाई छ ।

प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस